धरान। कोसी प्रदेश ओपन बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले चुमेको छ। जितसँगै सुनसरी बास्केटबल टिम ६ पटकको लगातार च्याम्पियन बन्न सफल भएको छ।
धरान बास्केटबल संघको आयोजना तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोसी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा खेलमा सुनसरीले इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन्।
आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इलाम २५–११ अंकले अगाडि रह्यो।
दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अंकको नतिजा निकाल्दै पहिलो हाफमा ४०–२७ अंकले पछि परेका थिए। तेस्रो क्वाटरमा सुनसरी लयमा फर्किँदै ३१–११ अंकको अग्रता लिए।
चौथो क्वाटरमा सुनसरी र इलामले २२–२२ बराबर अंक जोड्दै उपाधि माथि कब्जा जमाएका थिए।
उपाधिसँगै सुनसरी टिमले नगद दुई लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता इलामले नगद १ लाख रूपैयाँमा चित्त बुझाएको छ।