काठमाडौं । श्रीलोचन राजोपाध्याय खेलकुद पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकार सम्मान यस वर्ष राजोपाध्याय सम्मानित भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा राजोपाध्यायलाई ५० हजार रुपैयाँ नगद सहित सम्मान प्रदान गरिएको छ ।
राजोपाध्याय खेलकुद पत्रकारितामा करिब दुई दशकदेखि सक्रिय नयाँ पत्रिका राष्ट्रिय दैनिकका खेलकुद ब्युरो प्रमुख हुन् ।
यस्तै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मुकुन्द घिमिरे, सरदचन्द्र भट्टराई, बिक्रम कुमार बानियाँ, दिननाथ वराल, स्वस्तिक श्रेष्ठ, दिनेश कुमार बुढा, दिनेश बहादुर विष्ट, नमिता दाहाल र रुपा गहतराज पुरस्कृत भएका छन् ।
उनीहरुलाई जनही नगद २५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।