शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

शुक्रबार, २० चैत्र २०८२खेलपाटी संवाददाता
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
Loading ad...
mustang rice ad

काठमाडौं। अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा विदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच।

जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गर्ने घोषणा गरेको हो। रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गरे। एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ को लागि सहकार्यको सम्झौता भएको हो।

सीईओ अग्रवालले भने, “एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोट्र्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ। हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं। जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ। अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ।”

नेपहपका संस्थापक पोखरेलले भने, “रियालिटी शो र स्पोट्र्स लिगवीच पहिलोपल्ट सहकार्यको सम्झौता भएको छ। हामी धेरै खुशी छौं कि हाम्रा र्‍यापरहरूले एनकेएलमा एस्पोजर पाउने भएको छ भने एउटा उदाउँदो खेलको रुपमा अगाडि बढेको कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको छ।”

एनकेएल सिजन २ आगामी जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा सुरु हुँदैछ, जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सम्झौता अनुसार नेपहपको श्रीपेचका र्‍यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन्। प्रत्येक विजेताले जनही ५० हजार रुपिया पाउने छन्। नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ।

कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए। उनीहरूले र्‍याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए। एनएकेएल सिजन २ को एन्थम पनि भियोमा तयार गरेका हुन्।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्नका लागि नेपाल आउन लालयित रहेको बताएका छन्। १६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन्। प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन्।

सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दै छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा