निब्स बास्केटबल भोलिदेखि
बिहिबार, २९ जेठ २०८२खेलपाटी संवाददाता
-1749726787.jpeg&w=3840&q=75)
काठमाडौं। नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजमा २४ तथा गर्ल्स १२ टिमको सहभागिता रहने निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले जानकारी दिइन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने निब्सका इसिए इन्चार्ज अमृत लामिछानेले बताए ।
खेल लिग कम नकआउट आधारमा हुनेछ । दुई दिने प्रतियोगिताका खेलहरू मण्डिखाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
