काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबललाई एनआईसी एशिया बैंकले प्रायोजन गरेको छ । प्रतियोगितालाई एनआईसी एशियाले बैकिङ पार्टनरको रुपमा प्रायोजन गरेको छ ।
आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका उपाध्यक्ष सिता खड्का र एनआईसी एशिया बैंकका सूचना अधिकारी रवि केसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिता लिगकम नकाउटका आधारमा हुनेछ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेकाछन्
लागनखेल स्थित आर्मीको कभर्डहलमा संचालन हुने प्रतियोगिताको बिजेताले २ लाख,उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् ।
पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।