• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल–भारतको नजर समूह विजेतामा
मनोज थापा (हिमालयन मनोज)
३ घण्टा अगाडि मनोज थापा (हिमालयन मनोज)
नेपाल–भारतको नजर समूह विजेतामा

इटानगर (भारत)। नेपाल र भारतको यु–१९ टोलीका युवा खेलाडीहरू मंगलबार अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुबिली रंगशालामा भिड्दैछन्।

यो समूहको साफ च्याम्पियनसिपमा तेस्रोपल्ट आमुन्नेसामुन्ने हुँदा यी दुई टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा केन्द्रित हुनेछ। पहिले नै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेका दुवै टोलीका लागि यो अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ। 

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको टोली आफ्नो बलियो प्रदर्शन जारी राख्ने लक्ष्यमा हुनेछ। तर, नेपालले एक खेलअगाबै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसके पनि भारतसँग हलुका नखेल्ने बताएका छन्।

‘भारत र नेपालको टोलीमा खासै त्यस्तै फरक छैन। भारतीय टोली पनि राम्रो छ। हामी दुवै टोली सेमिफाइनल पुगिसकेका छौं। त्यसलै टप नै खेल्छौं,’ उनले भने। नेपाल र भारत यो उमेर समूहको दुई संस्करणमा दुवैपल्ट भिडेका छन्। 

सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा घरेलु टोली नेपालले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि नै हात पारेको थियो। त्यसको आठ वर्षपछि अर्थात २०२३ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो भेटमा भने भारतले उसैगरी बदला लिँदै पेनाल्टी सुट आउटमा नेपाललाई ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो र उपाधि नै हात पार्‍यो।

उक्त खेलमा पेनाल्टी सदुपयोग गर्न नसकेका लछु थापाले यसपल्ट पनि टोलीमा निरन्तरता पाएका छन्। अझ उनी यसपल्ट आफ्नै दाजु रामको कप्तानीमा मैदान उत्रिरहेका छन्। उनले श्रीलंकाविरुद्धको ५–० को जितमा एक गोलको योगदानसमेत दिएका थिए। 

यसपल्ट भारतले प्रतियोगितामा सानदार सुरुआत गरेको छ। पहिलो खेलमै भारतले प्रतियोगिताकै कमजोर टोली श्रीलंकाविरुद्ध  ८–० को फराकिलो जित निकालेको थियो। त्यसैले भारतसँगको समूहचरणको अन्तिम खेल त्यति सहज नहुने टोलीका स्ट्राइकर सुजन डंगोल बताउँछन्। तर, उपाधि जित्ने लक्ष्यसाथ आएको कारण भारतको चुनौतीलाई चिर्नैपर्ने उनको भनाइ छ। 

‘हामीले अघिल्लो संस्करणमा पनि भारतलाई हराउन सकेका थिएनौं। त्यसैले योपल्ट जसरी पनि हराउने लक्ष्य लिएका छौं। प्रशिक्षकले जस्तो रणनीति बनाउनु भएको छ त्यसरी नै खेल्छौं,’ उनले खेलपाटीसँग भने।

भारतलाई समूह विजेता बन्न गोलरहित बराबरीको नतिजा नै पर्याप्त हुनेछ। तर, नेपाललाई जितको विकल्प हुनेछैन। अझ भारतले नेपालभन्दा ४८ घन्टा बढी विश्राम र तयारीको समय पाएको थियो। त्यसले पनि थप लाभ पुग्नेछ। यद्यपि, भारतका मुख्य प्रशिक्षक बिबियानो फर्नान्डिस नेपाललाई नतिजा उल्टो सक्षम टोली मान्छन्।

‘दुवै टोलीले आफ्नो पहिलो खेल ठूलो अन्तरले जितेका छन्। तर, हामी स्कोरलाइनलाई धेरै महत्व दिंदैनौं। प्रत्येक खेल फरक हुन्छ। नेपाल राम्रो संगठित टोली हो। श्रीलंकाविरुद्ध राम्ररी खेलेको थियो र थुप्रै मौका सिर्जना गरेको थियो,’ उनले भने।

नेपालले पहिलो हाफको निर्धारित समयसम्म आधा दर्जनभन्दा बढी मौका सिर्जना गरेको थियो। तर, फिनिसिङमा चुक्दा सहज अग्रता लिन असफल भएको थियो। तर, पहिलो हाफको चार मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा सुजनले नेपालका लागि ‘ब्रेक थ्रु’ दिलाएका थिए।

दोस्रो हाफमा भने नेपालले फिनिसिङमा सुधार गर्दै ४ गोल थपेको थियो। यी गोल धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गरेका हुन्। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थपेको थियो। 

‘हामीले नेपालको खेल विश्लेषण गरेका छौं र कत्तिको प्रतिस्पर्धी हुन् भन्ने बुझेका छौं। हाम्रो लागि मुख्य कुरा भनेको आफ्नै बलमा खेल्नु, केन्द्रित रहनु र उत्कृष्ट प्रदर्शन गर्नु हो। यस स्तरमा सबै टोली बलिया हुन्छन्। अन्ततः जित्ने चाहना कसमा बढी छ भन्ने कुराले अन्तर पार्छ,’ उनले थपे।

४८ वर्षीय प्रशिक्षक फर्नान्डिस भारतको पहिलो खेलबाट सन्तुष्ट देखिएका छन्। विशेषतः डेनी मैतेई नेपालका लागि खतरा बन्न सक्छन्। उनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए।

श्रीलंकाविरुद्ध भारतले निकालेको ८–० को नतिजा पुरुष उमेर समूहको साफ प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। यसअघि यु–२० टोलीले सन् २०२२ मा नेपाललाई र यु–१७ टोलीले सन् २०२३ मा माल्दिभ्सलाई समान ८–० ले पराजित गरेका थिए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP