• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
असाधारण यमल
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
असाधारण यमल

काठमाडौं। इतिहासकै रोमाञ्चक ‘एल क्लासिको’ मध्ये एकमा बार्सिलोनाले आइतबार राति रियल मड्रिडविरुद्ध ४–३ को अविश्वसनीय पुनरागमन जित निकाल्यो। 

मोंजुइकस्थित एस्टादी ओलिम्पिक लुइस कम्पनीस रंगशालामा सम्पन्न यो खेल ३० मिनेटको तीव्र तथा नाटकीय पहिलो हाफ र १७ वर्षीय लमिन यामालको अद्भुत प्रदर्शनले परिभाषित भयो।

रियलका नयाँ स्टार किलियन एम्बाप्पेले १४ मिनेटभित्र दुई गोल गर्दा सुरुआतमै घरेलु समर्थकहरू स्तब्ध बने। योसँगै बार्सिलोना दबाबमा परेको थियो। 

तर, त्यसपछि मैदानमा देखिएको ब्लाउग्रा जादुले ‘एल क्लासिको’को इतिहासमै एक अविस्मरणीय घडी ल्यायो। जसको केन्द्रमा थिए, किशोर खेलाडी लमिन यमल।

एरिक गार्सियाले हेडरमार्फत पहिलो गोल फर्काएपछि यमलले खेलको सबैभन्दा सुन्दर क्षण पस्किए। सम्भवतः सिजनकै उत्कृष्ट गोल।

पेनाल्टी बक्सको छेउबाट उनले एक संयमित टच लिएर गोलकिपर कोर्ट्वालाई छक्याउँदै बान्का प्रहार गरे र खेल २–२ बराबरीमा ल्याए। त्यो गोलले मोंजुइक रंगशालामा बार्सिलोनाका समर्थकहरूलाई निकै उत्साहित भएका थिए।

तर, यमलको प्रभाव त्यहीँसम्म सीमित रहेन। उनी दायाँ विंगबाट लगातार खतरा बनिरहेका थिए, जसले रियलको डिफेन्सलाई बारम्बार विचलित गर्‍यो। उनीबाट सुरु भएका आक्रमणहरूले राफिन्हाको पहिलो गोल पनि सुनिश्चित गर्‍यो। 

योसँगै बार्सिलोनाले पहिलो हाफको अन्त्यमा ३–२ को अग्रता लियो। रियलविरुद्ध बार्सिलोनाले पहिलोपटक पहिलो हाफमै २–० को अग्रता लिएको थियो।

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यमलबारे भने, ‘उनी अद्भुत रूपमा खेलिरहेका छन्। उनीभित्र आत्मविश्वास छ अनि निकै चतुर पनि छन्। १७ वर्षको उमेरमै यति गुण भएको खेलाडी पाउनु असाधारण कुरा हो।’

दोस्रो हाफमा राफिन्हाले अर्को गोल गर्दै आफ्नो ब्रेस पूरा गरे, जुन अन्ततः विजयी गोल बन्यो। यद्यपि, रियलले अन्तिमतिर रोड्रिगोमार्फत एक गोल फर्कायो। तर, त्यो अपुग रह्यो। यो खेल बार्सिलोनाको जुझारूपनको उदाहरण मात्र होइन, यमलको उदयको प्रतीक पनि बन्यो।

फ्लिकको टोलीले यस सिजन चारवटै ‘एल क्लासिको’ जितेको दुर्लभ कीर्तिमान पनि बनायो। यसअघि बार्सिलोनाले बर्नबेउमा ४–०, सुपर कपमा ५–२ र कोपा डेल रेमा ३–२ को जित निकालेको थियो। आइतबारको जितले बार्सिलोनालाई ला लिगा उपाधिनजिक पुर्‍याएको छ।

यो सिजन फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले छैटौंपल्ट पुनरागमन गर्दै खेल जितेको हो। यसअघि भ्यालेन्सिया, रायो भालेकानो, एट्लेटिको मड्रिड, सेल्टा र भालाडोलिडविरुद्ध यस्तै पुनरागमन भएको थियो। तर, आइतबारको जितमा भएको ऐतिहासिक भार र भावनात्मक गहिराइ अरू कुनै पनि खेलमा थिएन।

अब यमलको नाम ‘एल क्लासिको’को किंवदन्तीमा दरिएको छ।१७ वर्षको उमेरमै उनी बार्सिलोनाको भविष्य मात्रै होइनन्, वर्तमान पनि बनेका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP