कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
सोमबार, बैशाख २९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतीय स्टार क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
कोहलीले लेखेका छन्,’टेस्ट क्रिकेटमा पहिलोपटक ब्यागी ब्लू जर्सी लगाएको पनि १४ वर्ष भइसकेछ। साँच्निकै भन्नुपर्दा मैले कहिल्यै सोचेको थिइनँ कि यो फर्म्याटले मलाई यति लामो यात्रामा डुलाउनेछ। यसले मलाई जीवनभर काम लाग्ने पाठहरू सिकाएको छ।’
टेस्ट करियर हेर्ने हो भने उनले १२३ टेस्ट खेलमा २१० इनिङ्समा ४६.८५ को औसतसहित ९ हजार २३० रन बनाएका छन्। यसमा ३० शतक समावेश छन्।
उनको सर्वाधिक स्कोर अविजित २५४ रन हो। कप्तानका रूपमा उनले ६८ टेस्टमा टोलीको नेतृत्व गरेका थिए। यसमा भारतले ४० खेल जितेको थियो भने १७ मा हार बेहोर्योको थियो। ११ खेल बराबरीमा टुंगिएको थियो। उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन्।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



