काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
मंगलबार सम्पन्न खेलमा उनी सम्मिलित ट्रान्सपर्ट युनाइटेड एफसीले भुटान यु-१७ टोलीमाथि ८-० को फराकिलो जित निकालेको हो।
ट्रान्सपर्टका लागि पूजाले एक गोल गरिन्।