काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मे १७ बाट पुनः सुरु हुनेछ भएको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सोमबार राति आगामी शनिबारबाट प्रतियोगिता सुरु गर्ने जानकारी दिउको हो। योसँगै प्रतियोगिता जुन ३ मा समाप्त हुने भएको छ।
भारत–पाकिस्तान सीमामा तनावका कारण मे ९ मा एक हप्ताको लागि स्थगित गरिएको प्रतियोगिताको बाँकी खेल अब ६ वटा स्थानमा खेलाइनेछ। यी खेल बेंग्लुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछ। दुई आइतबार हुने दुई डबल–हेडर सहित कुल १७ खेल खेलाइनेछ।
प्लेअफ खेलका लागि स्थान घोषणा गरिएको छैन। तर, मे २९ मा क्वालिफायर १, मे ३० मा एलिमिनेटर, जुन १ मा क्वालिफायर २ र जुन ३ मा फाइनल हुने तय छ। संशोधित तालिकामा कुल १७ खेल खेलाइनेछ जसमा १३ लिग खेल र चार प्लेअफ हुनेछन्।
यसको अर्थ मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।