पोखरा। विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्दै इरानी टोली प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा पहिले सेट २०-२५ ले गुमाएको इरानी टोलीले त्यसपछिका तीन सेट २५-२०, २८-२६, २६-२४ ले आफ्नो पक्षमा पार्यो ।
इरानी टोली समूह ‘ए’ को विजेता तथा आर्मी समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।