काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेको छ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा खेल १२:४५ बजेबाट सुरु हुने तय थियो। त्यसअनुसार १२:१५ बजे टस भइसक्नुपर्ने थियो। तर, वर्षा सुरु भएसँगै टस हुन नसकेको हो।
नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ। हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको थियो।
हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ। उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो। यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ। पराजित भए लगभग सम्भावना सकिने छ। त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन।