बाँके । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा आर्मीले एपीएफमाथि ३-२ को सेटमा पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले एपीएफलाई १८-२५,२५-२२,३१-३३,२५-२१ र १५-११ को सेटमा पराजित गर्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकीलाई ३-१ को सेटमा हरायो । पुलिसले गण्डकीमाथि २५-१५,२५-१५,२०-२५ र २५-२० को सेटमा हरायो ।