बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत भलिवलको सेमिफाईनल समिकरण पुरा भएको छ । पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
समुह एको उपविजेता गण्डकी प्रदेशले समुह खको विजेता पुलिससंग प्रतिस्पर्धा गर्ने भएको छ ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले कर्णालीलाई सोझो सेटमा पराजित गर्यो । यसअघिनै सेमिफाईनल पुगेको आर्मीले सुदुरलाई २५–१४, २५–१८ र २५–११ को सेटमा पाखा लगायो । अर्को खेलमा सुमह खको उपविजेता एपीएफले कर्णाली प्रदेशलाई २५–२२, २५–१८ र २५–३ को सेटमा हरायो ।
समुह कबाट आर्मीले १२ अंक जोड्यो । गण्डकी प्रदेशको ९ अंक रह्यो । प्रदेश ३ को ६ र कर्णाली प्रदेशको २ अंक रह्यो ।
समुह खको विजेता पुलिसको ११ अंक रह्यो । उपविजेता एपीएफले १० अंक जोड्यो । प्रदेश ३ को ३ र सुदुर प्रदेश अंक विहिन रह्यो ।
भोली हुने सेमिफाईनलमा आर्मी र एपीएफ तथा पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै महिला स्पर्धामा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–११, २५–१९ र २५–१५ को सेटमा पाखा लगायो । अर्को खेलमा एपीएफले पुलिसलाई २५–११, २५–१६ र २५–१७ को सेटमा हरायो ।
समुह कबाट एपीएफले १२ अंक जोड्यो । उपविजेता पुलिसको ९ अंक रह्यो । प्रदेश ५ को ६, प्रदेश १ को २ अंक र सुदुर प्रदेशको १ अंक रह्यो । समुह खको विजेता प्रदेश ३ को १२ अंक रह्यो । उपविजेता गण्डकीले ८ अंक जोड्यो । आर्मीको ७, कर्णालीको ३ तथा प्रदेश २ अंक विहिन भयो ।
सेमिफाईनलमा एपीएफ र गण्डकी तथा प्रदेश ३ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।