काठमाडौं । गण्डकी प्रदेशले मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नमुनादिप युवा क्लबलाई ३-० को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।
मन्थलीमा भएको फाइनलमा गण्डकीले नमुनादिपलाई २५–२२,२५–२१ र २५–१८ ले पराजित गर्यो । उपाधिसंगै गण्डकीले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता नमुनादिपले २ लाखमा चित्त बुझायो ।
आइतबार नै नभएको तेस्रो स्थानको खेलमा शान्तीदिप युवा क्लबले प्रदेश १ लाई २५–२३,२०–२५,२५–१५,२३–२५,१६–१४, ले पराजित गर्यो । तेस्रो भएको शान्तीदिपले १ लाख र चौंथो प्रदेश १ ले ५० हजार रुपैया पुरस्कार पाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान हरि पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । पाण्डेले १५ हजार रुपैया पुरस्कार पाए । नमुनादिपका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर तथा शान्तीलिपका प्रताप खवास उत्कृष्ट सर्भर भए । अन्य चार ब्यक्तिगत विधाका पुरस्कार गण्डकी प्रदेशनको नाममा रह्यो । राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक, राजन दर्लामी उत्कृष्ट लिबरो, सुजन चोखाल उत्कृष्ट लीफ्टर र बलीराम चौधरी उत्कृष्ट ब्लकर भए ।
विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी तीन नम्बर प्रदेशका आर्थीक मामीला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेल र मन्थली नगरपालीकाका प्रमुख रमेस बस्नेत लगायत अतिथीले पुरस्कार प्रदान गरे ।