एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २-० गोल अन्तरले पराजित भएको हो ।
एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक एक गोल गरे ।
एनफिल्डमा खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २-० को जित दिलाए ।
यससँगै एभर्टनले सन् १९९९ को सेप्टम्बरपछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा पराजित गरेको हो ।
यस्तै लिभरपुलले सन् १०२३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ ।
एभर्टनसँग पराजित भएसँगै लिभरपुलले २५ खेलमा ४० अंक जोडेको छ ।
लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।
एभर्टन २४ खेलमा ४० अंक जोडेर सातौं स्थानाम उक्लिएको छ ।
प्रिमियर लिग अन्तर्गत अर्को खेलमा फुलहमले सेफिल्ड युनाईटेडलाई १-० ले हराएको छ ।