काठमाडौं। इटाली पहिलोपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटमा दोस्रो स्थानमा रहँदै इटालीले विश्वकपमा स्थान बनाएको हो।
इटालीले ४ मध्ये २ खेलमा जित हात पार्यो। त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो।
जर्सीसँगको खेल भने रद्द भएको थियोे।