काठमाडौं। सुशन थापामगर एक्लैको ५ गोलसँगै साबिक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडमाथि सानदार जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइजमाथि ९–० को जित निकाले हो।
जितसँगै चर्च ब्वाइजले तेस्रो खेलमा आएर अंक तालिकामा खाता खोलेको छ। प्लानिङ ब्वाइजको यो दोस्रो हार हो। ३ खेल खेलेको प्लानिङ ब्वाइजको ३ अंक नै छ।
चर्च ब्वाइजका सुशनबाहेक स्वप्निल दाहालले ह्याट्रिक पूरा गरे। एक गोल भने चर्च ब्वाइजले आत्मघाती उपहार प्राप्त गर्यो।