लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
शुक्रबार, असार २७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मिडफिल्डर लाकेन लिम्बूले क्याम्बोडियन प्रिमियर लिग खेल्ने भएका छन्।
उनलाई किरिभोङ सोक सेन चे एफसीले अनुबन्ध गरेको हो। उनी सन् २०२५/२६ सिजनका लागि यो क्लबमा आबद्ध भएका हुन्।
लिम्बूले गत सिजन भारतको आई-लिग खेलेका थिए। दिल्ली एफसीबाट खेल्दै उनले प्रभावशाली प्रदर्शन गरेका थिए।
किरिभोङले गत सिजन ११ टिम सहभागी लिगमा १०औं स्थानमा रहेको थियो। टोलीले १ जित र ३ बराबरीको नतिजा निकालेको थियो। लिगमा रिलिगेसनको व्यवस्था छैन।













-1763024272658.jpeg&w=3840&q=75)