काठमाडौं। नेदरल्यान्ड्स पाँचौंपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटमा शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्तरूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो।
शुक्रबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्सले इटालीमाथि ९ विकेटको जित निकाल्यो।
नेदरल्यान्ड्सले ४ खेलमा ३ जित हात पार्यो। स्कटल्यान्डसँग भने ६ रनले पराजित भएको थियोे।
यता, ४ मध्ये २ खेलमा जित हात पार्दै इटाली पनि पहिलोपल्ट विश्वकपमा छनोट भएको छ।
त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो। जर्सीसँगको खेल भने रद्द भएको थियोे।