काठमाडौं । टी १० स्पोर्ट्स अन्तर्गत चार जना भाग्यशाली ग्राहकले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन् ।
भाटभटेनी सुपर मार्केटको ‘स्कोर विग विथ टी १०’ योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।
भाटभटेनीले देशभर रहेका आफ्नो २४ वटा स्टोरबाट २५ सयभन्दा बढी मुल्यको टी १० ब्राण्डको सामान किन्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरेको थियो । लक्की ड्रमार्फत काठमाडौंका रामसुन्दर कुँवर र नेत्रबहादुर भट्टराई, इटहरीका सन्तोष श्रेष्ठ, भक्तपुरका मनोजकुमार थापा छनोट भएको कम्पनीले जनाएको छ ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/343587170_169670472718832_4944048046795737475_n.jpg?stp=dst-jpg_p1080x2048&_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=U34wkFGN9h4AX-JPAGe&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdRm_MuwlpCy5Yefi878bBRM-CyF8Ioo_wykhyA8ZLveFQ&oe=6485A77D)
चार जना भाग्यशाली ग्राहकले पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेलको भिआईपी टिकेट, काठमाडौं पञ्जाबको दुईतर्फ ह्वाई टिकेट र बसोबासको सुविधा पाएका हुन् । चारै जना भाग्यशाली ग्राहकले मे ३ मा भएको पञ्जाव र मुम्बईबीचको खेल मोहाली स्टेडियममा गएर हेरेका थिए ।
भारतीय ब्राण्ड टी १० स्पोर्ट्स पञ्जाव किंग्सको आधिकारिक किट पार्टनर हो । टी १० लाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।
टी १० स्पोर्ट्सको ‘स्कोर विग विथ’ योजना फेब्रुअरी ३ देखि मार्च ३१ सम्म देशभरका २४ वटा भाटभटेनी सुपर मार्केटका स्टोरमा सञ्चालन गरिएको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।