सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन

शनिबार, २७ बैशाख २०८२खेलपाटी संवाददाता
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
Classic Tech Internet Ad

काठमाडौं। पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन इन्डोनेसिया शीर्ष स्थानमा रहन सफल भएको छ। यता, नेपाल ब्लुले पुनरागमन गरेको छ।

ई–स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजना र व्यवस्थापनमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार सम्पन्न पाँच खेलपछि प्रतिस्पर्धा अझै चुलिएको हो। अब तेस्रो दिन अन्तिम तथा निर्णायक बन्नेछ।

दोस्रो दिनको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सानादर सुरुआत गर्‍यो। दोस्रो खेलमा नेपाल ब्लु टोलीले दमदार पुनरागमन गर्दै चिकन डिनर जितेको हो।

शनिबार भएका पाँच वटै खेलमा फरक टोलीहरूले चिकन डिनर हात पारेसँगै अंक तालिकामा उतारचढाव देखिएको छ। इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा यथावत् छ भने पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा रहेको छ। 

नेपाल ब्लु टोली ८३ अंकसहित चौथो, नेपाल रातो टोली ८० अंकसहित पाँचौं र नेपाल ह्वाइट टोली आठौं स्थानमा छ। लेबनान १० अंकसहित तालिकाको अन्तिम स्थानमा संघर्षरत देखिएको छ।

भ्यालुएबल प्लेयर सूचीमा इन्डोनेसियाका लालाक्युबिक्यु सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेशन गर्दै २७.७६ भ्यालुएबल अंक बटुलेका छन्। 

शीर्ष ५ मा पाकिस्तानका ३ खेलाडी छन्, तर अहिलेसम्म कुनै नेपाली खेलाडी शीर्ष ५ मा प्रवेश गर्न सकेका छैनन्।

प्रतियोगितामा कुल १० लाख रुपैयाँको पुरस्कार राशि छ। शीर्ष ६ टोलीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्, जसमा विजेता टोलीलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ। साथै, भ्यालुएबल प्लेयर अवार्ड विजेताले पनि नगद पुरस्कार जित्नेछन्।

अब बाँकी रहेको अन्तिम दिन – जेठ २७ गते (मे ११) मा हुने ५ खेल निर्णायक हुनेछन्। जसले पनि उत्कृष्ट प्रदर्शन गर्दै बढी अंक बटुल्नेछ, उसैलाई पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन घोषित गरिनेछ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने