• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मेरो कुरा मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
umbro
'प्रत्येक जिल्ला पुगेर फुटबलको अवस्था बुझ्न आवश्यक छ'
खेलपाटी संवाददाता
बुधबार, साउन १८, २०७९ खेलपाटी संवाददाता
'प्रत्येक जिल्ला पुगेर फुटबलको अवस्था बुझ्न आवश्यक छ'

समिर ओली

काठमाडौं ।  एन्फामा नयाँ नेतृत्व आएसँगै नेपाली फुटबलको विकासमा थुप्रै आशाहरु पलाएका छन् । लामो समयको संघर्ष र अनुभवले परिपक्व नयाँ नेतृत्वलाई चुनौती पनि उत्तिकै छ । बाहिर समाचारमा आए जस्तो गुटबन्दीले गर्दा अहिले नै यो नेतृत्व असफल भईहाल्छ कि भन्ने अनुमान लगाउनु गलत हो।

अहिलेको  नेतृत्वलाई काम गर्न धेरै थोरै असहज त पक्कै हुने नै छ। तर,जति हामीले बाहिर बसेर आकलन गरेको हुन्छौं त्यो भन्दा धेरै फरक स्थिति हुन्छ ।

हामी नेपालीहरुको एउटा बानी नै बसिसक्यो कसैले राम्रो काम  गर्न थाल्यो भने खुट्टा तान्ने प्रवृत्ति छ । परिवर्तन र सुधार एकैछिनमा भन्दा बित्तिकै स्वीच बटन डबाएर अन अफ गरे जस्तो सजिलो गरेर  हुने कुरा होईन ।

निति नियममा रहेर पहिलेका कमीकमजोरीहरु लाई औलाएर दीर्घकालीन समाधानका लागि  योजना बनाउनुपर्छ। किन यतिका समय सम्म पनि नेपाली फुटबलको विकास यति सुस्त छ गम्भीर रुपमा सोच्न आवश्यक छ ।

खाली जिल्लामा एउटा प्रशिक्षकको भरमा मात्र नयाँ  खेलाडीको उत्पादनको आशा गर्यो भने फेरि त्यो पुरानै नेतृत्वले गरेकै शैली  र पहिलेको अवस्था भन्दा केहि परिवर्तन आउनेवाला छैन । उमेर समूहको खेलाडी  छनोट प्रक्रियामा लाई नै उदाहरण मानेर  हेर्यो भने मात्र पनि प्रष्ट हुन्छ ।

देश संघीयता गएको धेरै समय भइसक्यो अहिले हरेक प्रदेशमा तदर्थ समिति भए पनि फुटबल संघहरु गठन छन् । उनीहरुलाई जिम्मेवारी दिन सक्नु पर्यो ।

एउटा पूर्व झापाको खेलाडी काठमाडौं गएर आफ्नै खर्चमा छनोटको लागि सहभागी हुनुपर्ने अर्को पश्चिम कञ्चनपुरको खेलाडी काठमाडौं मै पुग्नु पर्ने कस्तो विडम्बना ? कमसेकम पहिलो अथवा दोस्रो राउन्डसम्म आफ्नै प्रदेशमा छनोट गर्न पाएको भएपनि खेलाडीलाई धेरै राहत मिल्ने थियो ।

खैर, आशा गरौ आगामी दिनहरूमा यो विषयमा सम्बन्धित जिम्मेवार नेतृत्वले पक्कै सुधार गर्नेछ । एन्फा नेतृत्वले  जिम्मेवारी सम्हालेको धेरै समय नभएता पनि एकदुई वटा विवादास्पद निर्णयले गर्दा आलोचनाहरु सहनु परिरहेको छ। सकेसम्म सुझबुझ र सबैको सरसल्लाहले नआतिएर सामुहिक निर्णय गर्नु नै सफल नेतृत्वको कर्तव्य हो।

चुनावको बेलामा जिल्ला भ्रमण गरेर भोट मागे जस्तै प्रत्येक जिल्लामा पुगेर फुटबलको अवस्थाको बारेमा बुझ्न आवश्यक छ । र, प्राविधिक कारण देखाएर प्रदेशको निर्वाचन सार्नुलाई  सकारात्मक रुपमा कसैले लिदैनन्। तसर्थ यथाशीघ्र प्रदेशको निर्वाचन गराई सम्पूर्ण जिल्लालाई प्रदेशले नेतृत्व  गर्ने  अधिकार दिई केन्द्रले समन्यकारी भुमिका निर्वाह गरोस् ।

सम्पूर्ण प्रशिक्षक, रेफ्रि लगायत लाई निगरानीमा राखी उनिहरुको  फिटनेस परिक्षा नियमित गरियोस् । सम्पूर्ण नेपालको नै फुटबल विकास गर्न जिम्मेवारी पाएको संस्थाले छुटेका जिल्लाहरु लाई समेटेर प्रक्रियागत रुपमा जिल्लालाई एन्फामा आबद्ध गराउन कदम चालोस । हाल ७७ जिल्ला मध्ये ४७ जिल्ला मात्र एन्फामा आबद्ध छन् ।

वर्षमा एउटा दुईवटा मात्र घरेलु लिग गराएर खेलमा नै जीवन समर्पण गरेका  खेलाडीहरु लाई बेरोजगार बनाई विदेशीन बाध्य नबनाईयोस।खेल कै दौरानमा चोट खेपेका खेलाडीहरू तथा रेफ्रिले आफ्नै व्यक्तिगत खर्चमा उपचार गराएका दुखद समाचार हरु कहिले सुन्न नपरोस् ।

सम्पूर्ण नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा बौद्धिक ,रणनीतिक  योजना सहित सफल कार्यकालको शुभकामना  ।

- लेखक ओली लुम्बिनी प्रदेश फुटबल संघका सह महासचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरेलु फुटबलको संरचनामा बिक्रमले छेडे बहस
घरेलु फुटबलको संरचनामा बिक्रमले छेडे बहस
​अपेक्षा धेरै लगानी शुन्य
​अपेक्षा धेरै लगानी शुन्य
'अब म पनि जान्छु विदेश'
'अब म पनि जान्छु विदेश'
आफुलाई प्रमाणित गरेका दीप
आफुलाई प्रमाणित गरेका दीप
बेइमानहरुको राज
बेइमानहरुको राज
अल्मुताइरीको हिटलर अवतार 
अल्मुताइरीको हिटलर अवतार 
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP