बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा

सोमबार, माघ २८, २०८१खेलपाटी संवाददाता
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
Classic Tech Internet Ad

काठमाडौं। घरेलु लिगमा आफूलाई अब्बल साबित गरिसकेका नेपाली राष्ट्रिय टोलीका दुई उदाउँदा अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आफूलाई विश्वमञ्चमा प्रमाणित गर्न इन्टरनेसनल लिग टी–२० मा जोडिएका थिए। 

केही विदेशी लिगको अनुभव सम्हालिसकेका यी दुई खेलाडीलाई लागेको थियो, यसपल्ट केही सीमित खेलमा भए पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर अवश्य पाइन्छ नै।

यद्यपि, दुवै खेलाडीले प्लेइङ–११ मा स्थान नै बनाउन नसकी इन्टरनेसनल लिग टी–२० सक्काएका छन्। दीपेन्द्र र कुशल दुवै नेपाली टोलीका प्रमुख सदस्य हुन्।

दीपेन्द्रको नाममा टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ बलमा ६ छक्का र मात्र ९ बलमा अर्धशतक प्रहार गरेको उल्लेखनीय कीर्तिमान छ। 

कुशल मल्लले यही फर्म्याटमा कप्तान रोहितकुमार पौडेलसँग मिलेर तेस्रो विकेटका लागि १९३ रनको विशाल साझेदारी गरेका छन्, जुन नेपाली क्रिकेटको अर्को दुर्लभ कीर्तिमान हो। यही कीर्तिमान छर्लंग देखेर नै हुनुपर्छ दीपेन्द्रलाई गल्फ जायन्ट्स र कुशललाई डेजर्ड भाइपर्सले अनुबन्ध गरेको।

गल्फ जायन्ट्सले गत सिजन दीपेन्द्रलाई नेपाली टोली र विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरेको प्रष्टाएको थियो। यद्यपि, तीन खेल बाँकी रहँदा मात्र उनी टोलीमा अनुबन्ध भए। त्यो बेला घरेलु मैदानमा क्यानडासँग भएको महत्त्वपूर्ण खेल नै छोडेर उनी दुबई उडे। तर, दुर्भाग्य उनलाई कुनै खेलमा मौका नै दिइएन। 

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई आफ्नो कप्तानीमा उपविजेता बनाएका दीपेन्द्रलाई यसपल्ट पनि गल्फ जायन्ट्सले नै निरन्तरता दियो। तर, १० खेल खेल्दै आठ अंक बटुलेर लिग चरणबाटै बाहिरिएको गल्फ जायन्ट्सले उनलाई न ब्याटिङ गर्ने मौका दियो न त बलिङ नै।

फाटफुट वैकल्पिक खेलाडीको रूपमा फिल्डिङबाहेक उनलाई टोलीले प्लेइङ–११ मा खेलाउन योग्य नै देखेन। दीपेन्द्रको यात्रा दुबईमा निराशाजनक रहे पनि स्वदेश फर्किएलगत्तै उनले धनगढीको अर्जुन ट्रफीमा भने महत्त्वपूर्ण भूमिका पाए।

उनले शनिबार कैलालीस्थित धनगढीको फाप्ला क्रिकेट मैदानमा डिसिए धनगढीबाट सिवाइसी अत्तरियाविरुद्ध सिधै सेमिफाइनल खेले। यसले उनीप्रति घरेलु टोलीको आशा अझै बलियो रहेको प्रष्ट देखाउँछ।

दीपेन्द्रको झै कुशलको कथा पनि त्यत्तिकै दुःखदायी रह्यो। भाइपर्सले सामाजिक सञ्जालमा उनले ‘नेट प्राक्टिस’ गरिरहेको भिडियो अप्लोड गर्दै गर्दा नेपाली समर्थकलाई उत्साहित बनाएको थियो। तर, त्यो प्रचार वास्तविकताको धरातलमा टिक्न सकेन। 

लिग चरणमा भाइपर्सले १० खेल खेल्दै सात जित हासिल गर्‍यो र शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनायो। दुबई क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै यो टोली सिधै फाइनलको यात्रा कोर्‍यो। आइतबार सम्पन्न फाइनलमा यो टोली त्यही दुबईसँग चार विकेटले पराजित हुँदै उपविजेतामा सीमित भयो। 

तर, लिग चरणसमेत गरी कुल १२ खेलमा टोलीका हरेक खेलाडीले मौका पाउँदा कुशललाई योग्य नै देखेन। उनले आफ्नो पहिलो इन्टरनेसनल लिग टी–२० बिना खेल नै स्वदेश फर्कनुपरेको छ। यो तथ्य नेपाली क्रिकेट प्रेमीका लागि निकै खल्लो हो।

यो घटना नेपाली क्रिकेटरका लागि एक ऐना बनेर आएको छ, जहाँ अन्तर्राष्ट्रिय लिगमा उनीहरूलाई अवसर दिनुको सट्टा बेन्चमा सीमित गरिन्छ। यसले खेलाडीहरूको मनोबलमा प्रभाव पार्ने निश्चय नै छ।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेको त्यो विगतको घटना होस् या अहिलेको इन्टरनेसनल लिग टी–२० ले दीपेन्द्र र कुशल मल्लको नै किन नहोस्। प्राय: विदेशी लिगका फ्रेन्चाइजी टोलीका लागि नेपाली खेलाडी भनेको सामाजिक सञ्जालमा ‘भ्युज’ तान्ने र खालि कोटा पूरा गर्ने जरिया मात्रै रहेको पुष्टि गरिरहेको छ।

अर्कोतर्फ नेपाली घरेलु लिगमा यी खेलाडी उपयोगी देखिए पनि अन्तर्राष्ट्रियमा भने बढी ‘म्याच एक्सपोजर’ पाइसकेका खेलाडीसँग प्रतिस्पर्धा गर्न अझै नसक्ने पाठ सिकाएको छ। त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले भविष्यमा यस्ता प्रतियोगिता खेल्न अनुमति दिँदा आफ्नो खेलाडीको क्षमता पो जाँच गर्ने कि?

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

Bajaj Pulsar Motorcycle Ad
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

सिटीको पुनरागमन

सिटीको पुनरागमन

आर्सनलको कीर्तिमानी प्रदर्शन

आर्सनलको कीर्तिमानी प्रदर्शन

संकटपूर्ण अवस्थामा लिभरपुल

संकटपूर्ण अवस्थामा लिभरपुल