• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
एनएसएलमा झापाली फुटबलको सपना
खेलपाटी संवाददाता
बिहीबार, फागुन २२, २०८१ अर्पण खड्का
एनएसएलमा झापाली फुटबलको सपना

काठमाडौं। झन्डै दुई दशकयता कतारमा व्यस्त रहेका अर्पण खड्काको नेतृत्वमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) दोस्रो सिजनदेखि खेल्न थाल्यो। तेस्रो सिजनको तयारीलाई पनि तीव्रता दिएको छ।

खाडीको चर्को तापक्रममा पुष्प व्यवसाय विस्तार गरिरहेका खड्कासँग क्बललाई व्यवस्थित तवरले अगाडि बढाउन आफ्नै टिम छ। झापाली फुटबललाई चलायमान मात्रै होइन, एउटा नमुनाको रूपमा अगाडि बढाउन उनीसँग दीर्घकालीन योजना पनि छ। झापा एफसीको स्थापना, योजना र एनएसएलको लक्ष्यबारे उनकै शब्दमा :

०००

नेपाली फुटबलमा खेलाडी उत्पादनको केन्द्र हो– झापा।  झापाली फुटबलको इतिहास गर्विलो छ। यही झापाली शानलाई थप गुञ्जायमान बनाउनका लागि हामी साथीहरू मिलेर ३ जनवरी, २०११ मा झापा एफसी दर्ता गरेका थियौं, जसले नेपाली फुटबलमा नयाँ इतिहास कोरेको थियो। किनभने निजी कम्पनीको रूपमा प्राइभेट लिमिटेड (प्रा.ली.) मा दर्ता भएको पहिलो नेपाली फुटबल क्लब नै झापा एफसी हो।

म तन्नेरी उमेरदेखि नै कतारमा परिश्रम गरिरहेको थिएँ। खाडीको चर्को तापक्रम र व्यस्त समयमा पनि मलाई फुटबलमा केही गर्ने सपना कहिल्यै टुटेन, केही गरौं भन्ने हुटहुटी अझै बढिरह्यो। म उता (कतार) छँदै नेपाली फुटबलको विषय र परिस्थितको बारेमा मिलनसार केही साथीसँग घन्टौं गफ हुन्थ्यो। कसरी विकास गर्ने भनेर मस्तिष्क मन्थन हुन्थ्यो। तर, हामीले केही गर्न सकेको थिएन। त्यसैले गफगाफलाई मूर्त रूप दिने प्रयासमै झापा एफसी स्थापना गरिएको हो।

झापा एफसीमा अहिले हामी आठ जना फुटबल क्रेजी जोडिएका छौं। म पुष्प व्यवसायी हुँ। कतारमा व्यवसाय गरिरहेको छु। अधिकांश समय म उतै रहन्छु। तैपनि मैले झापाली फुटबलप्रतिको माया, लगाव र सहयोगलाई बृहत् बनाउँदै लगेको छु। मेरो यो अभियानलाई नेपालमा रहेका साथीहरूले जिम्मेवारी वहन गर्दै अगाडि बढाइरहेका छन्।

हाम्रो योजना
नेपालमा फुटबललाई व्यवासयीक रूपमा विकास र प्रवर्द्धन गर्ने योजनामा हामी अघि बढिरहेका छौं। फुटबल खेलाडीले खेलेरै बाँच्न पाउने अवस्था देशमै सिर्जना होस् भन्ने हाम्रो चाहना हो। झापा एफसी प्रा.ली.मा दर्ता गर्नुको कारण नाफा कमाउने उद्देश्यले होइन, देशमा फुटबलको विकास, प्रवर्द्धन र व्यावसायिकताको लागि हो।

देशको फुटबल विकेन्द्रीकरण हुनुपर्छ। राजधानीमै सीमित गर्नु हुन्न। फुटबल लिगको विस्तार र व्यावसायिकतामा अवरोध होइन, विकासको गतिलाई तीव्रता दिन चाहन्छौं। विश्वका ठूला फुटबल क्लबहरू सहर (सिटी) को प्रतिनिधित्व गर्दछन्। हामीले पनि सम्पूर्ण झापा जिल्लाको प्रतिनिधित्व गर्नकै लागि झापा एफसी नाउँ चुनेका हौं।

 
अर्पण खड्का

हामी सम्पूर्ण झापालीलाई फुटबलको माध्यमबाट गौरवान्वित महसुस गराउने वाचा गर्छौं। हामी निकट भविष्यमा झापामै आफ्नै मैदान, जिम हल, महिला टिम, युवा टिम, एकेडेमीसहितको एउटा व्यावसायिक फुटबल क्लबको रूपमा अगाडि बढ्ने योजनामा छौं। यसैको पहिलो खुट्किलोका रूपमा बिर्तामोडस्थित चार पानेमा झापा एफसीको कार्यालय स्थापना गरेका छौं।

जिल्ला लिगदेखि एनएसएलसम्म
झापा एफसीले झापा फुटबल संघअन्तर्गत रहेर सन् २०१४ देखि २०१७ सम्म जिल्लाको ए डिभिजन लिग निरन्तर खेलेको थियो। तर, झापाभित्रै सीमित भएर यहाँको फुटबलको विकास हुँदैन भन्ने महसुस भयो।

त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको ‘सी’ डिभिजन लिगको छनोट खेल्ने निर्णय गर्यौं।

सन् २०२१ मा ‘सी’ डिभिजन लिगको छनोट खेल्यौं, असफल भयौं। फेरि २०२२ मा छनोट खेल्यौं, दोस्रो चरणमा पुगेर असफल भयौं।

हामी यत्तिकै चुप लागेर बसेनौं। नेपाल सुपर लिग (एनएसएल) सुरु भएपछि हामी केही गरौं न भनेर तातियौं। फलस्वरूप सन् २०२२ मा एनएसएलको फ्रेन्चाइज टिम लिन सफल भयौं। अहिले हामी झापा जिल्लाको मात्रै होइन, प्रदेश १ कै एक्लो प्रतिनिधिको रूपमा एनएसएल खेल्दैछौं।

अहिले ‘सी’ डिभिजन लिगको छनोट खेलेका छैनौं, तापनि हामीले ‘ए’ डिभिजन लिगमा नजर लगाइरहेका छौं। जबसम्म देशको फुटबल लिग विकेन्द्रीकरण हुँदैन, तबसम्म नेपालको फुटबल व्यावसायिक रूपमा स्थापित हुँदैन। हामी चाहन्छौं कि झापालाई घरेलु मैदानको  रूपमा उपयोग गर्दै एनएसएल र ‘ए’ डिभिजन लिग खेल्न पाइयोस्।

एनएसएल च्याम्पियन बन्ने लक्ष्य
झापा एफसीले एनएसएल तेस्रो सिजनका लागि मुख्यप्रशिक्षक प्रवेश कटुवाललाई अस्ट्रेलियाबाट ल्याएका छौं। गोलकिपिङ कोच मीन बस्नेत र सहायक प्रशिक्षक कुमार गिरि हुनुहुन्छ। उहाँहरू तीनै जना झापाकै हुनुहुन्छ। झापाली एकतालाई दशरथ रंगशालामा प्रदर्शन गर्दै हामी यसपालिको एनएसएल च्याम्पियन बन्न चाहन्छौं।

झापालाई गौरवान्वित गर्ने हिसाबले अगाडि बढेका छौं। च्याम्पियन हुने लक्ष्यमा कम्मर कसेर लागेका छौं। एनएसएल जित्ने लक्ष्य प्राप्तिकै निम्ति भारतमा आई लिग खेलिरहेका मिडफिल्डर लकेन लिम्बूलाई ‘मार्की प्लेयर’ बनाएका छौं। एनएसएलको ‘मिनी अक्सन’ बाट आशिष् गुरुङ, एञ्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विक, उज्ज्वल राई, अविनाश स्याङ्तन र दीपेश धिमाल लिएका छौं।

उज्बेकिस्तानको युवा टिमबाट खेलिसकेका डिफेन्डर अजमत अब्दुल्लेभलाई अनुबन्ध गरिसकेका छौं। अरू विदेशी खेलाडी पनि उच्चस्तरका हुनेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
नेपालको खेलकुदमा एआईको आवश्यकता
नेपालको खेलकुदमा एआईको आवश्यकता
ट्रान्स हिमालयमा स्पोर्ट्स, एडभेन्चर र टुरिङ
ट्रान्स हिमालयमा स्पोर्ट्स, एडभेन्चर र टुरिङ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP