• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
लिखित अनुमति बिना मिडियामा बोल्न राेक !
64x64
शनिवार, पुष १८, २०७७ खेलपाटी संवाददाता
साग विजेता फुटबल टिमका सदस्य अभिषेक रिजाल मिडियामा अन्तरवार्ता दिदै । फाेटाे : खेलपाटी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिखित अनुमती बिना राष्ट्रिय फुटबल टिमका खेलाडीलाई मिडियामा बोल्न रोक लगाएको छ ।

एन्फाले लागु गरेको राष्ट्रिय फुटबल टोलीका खेलाडीको आचार संहितले खेलाडीले टिम व्यवस्थापन वा राष्ट्रिय टोली समितिको स्पष्ट लिखित अनुमति नलिई प्रेस वा कुनैपनि सञ्चार माध्यममा टिका टिप्पणी तथा अन्तरवार्ता दिन रोक लगाएको छ ।

एन्फाले पहिलो पटक राष्ट्रिय फुटबल टिमका खेलाडीमा लिखित आचार संहिता लागु गरेको छ । यसअघि खेलाडीलाई नियमबारे मौखिक जानकारी गराउने प्रचलन रहेपनि लिखित रुपमा आचार संहितभित्र बाँध्ने काम गरेका थिएन ।

एन्फाले राष्ट्रिय टिमका खेलाडीका लागि १७ बुँदे आचार संहिता जारी गर्दै लिखित हस्ताक्षर समेत गराएको छ । नयाँ नियम अनुसार खेलाडीले मिडिया तथा सञ्चार माध्यममा बोल्न अब एन्फाको लिखित अनुमती लिनुपर्ने ब्यवस्था आचार संहिताले गरेको छ ।

राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुसुदन उपाध्यायले बन्द प्रशिक्षणकोे समयमा लागु हुने गरि आचार संहित जारी गरिएको खेलपाटीलाई बताए ।

‘बन्द प्रशिक्षणमा बसेका खेलाडीलाई अनुशासनमा राख्न आचार संहित जारी गरेका हांै । अनावश्यक टिका टिप्पणी भन्दा सकारात्मक कुरा बाहिर जाओस भन्ने उद्धेश्यले बुँदाहरु राखिएको हो ।’ उनले खेलपाटीसंग भने ।

एन्फा केन्द्रिय समिति सदस्य समेत रहेका उपाध्यायले अन्तराष्ट्रिय अभ्यास हेरेर अनुमती बिना खेलाडीलाई मिडियामा बोल्न रोक लगाईएको जिकिबर गरे ।

‘सामान्यतया मिडियामा बोल्न सबैलाई छुट दिएका छौ । अन्तराष्ट्रिय अभ्यास हेर्दा समेत सो बुँदा रहेछ । अरु देशमा समेत प्रचलनमा छ ।’ उनले भने, ‘खेलाडीलाई अनुशासनमा राख्न, टिका टिप्पणीबाट बाहिर राख्ने उद्धेश्यले सो बुँदा समावेश गरिएको हो ।’

एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई अनुशासनमा राख्न भन्दै १७ बुँदे आचार संहित जारी गरेको छ । खेलाडीलाई अनुशासनमा राख्न १७ बँुदे प्रावधान समेटिएका छन् । तर फुटबलको प्रबद्र्धनमा मिडियाले सर्वाधिक खोजी गर्ने खेलाडीलाई भने वर्तमान आचार संहितले टाढा बनाउन खोजेको एन्फाकै अधिकारीहरु बताउँछन् ।

एन्फाकै एक अधिकारीले खेलाडी मिडियामा बोल्ने कुरामा लिखित अनुमती माग्नु राणा शासन लागू गर्न खोजेको जस्तो भएको टिप्पणी गरे ।

‘मिडियामा बोल्न लिखित अनुमती माग्ने कुरा राणा शासन लागु गर्न खाजेको जस्तो देखिन्छ ।’ उनले भने, ‘मिडियामा कसरी बोल्ने भनेर खेलाडीलाई अभ्यास गराउनुपर्छ । बोल्ने-नबोल्ने बिषयमा काउन्सिलिङ गर्नुपर्छ । कस्तो अवस्थामा बोल्न पाउने-नपाउने भन्ने विषय हुन सक्छ । तर लिखित अनुमती मागेर मात्र बोल्ने कुरा सान्दर्भिक हुन सक्दैन ।’

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण
विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा
खेलकुदमा ओलीको शक्ति कति ?
अब कमरेड सिलवाल !
भलिबलसंग अरुणाको पहिलो प्रेम
आर्सनलमाथि छाएको कालो बादल
  • ताजा समाचार
  • खेल आज
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
सारहा र एसएसएफए सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP