• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाली महिला टोलीको कप्तान को?
सन्ध्या ढुंगाना
१५ घण्टा अगाडि सन्ध्या ढुंगाना
नेपाली महिला टोलीको कप्तान को?

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोली एएफसी महिला एसियन कप छनोटको तयारीमा जुटिरहेको छ।

लाओसविरुद्ध भोलि (असार १५ गते) हुने पहिलो खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। तर, खेल सुरु हुनु एक दिन मात्र बाँकी हुँदा पनि नेपाली टोलीको कप्तान को हुने भन्ने स्पष्ट भइसकेको छैन। यो नेतृत्वको अन्योलले नेपाली टोलीको रणनीति र मनोबलमा असर पार्ने चर्चा चुलिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता खेल्न जानुअघि गर्ने परम्परागत बिदाइ कार्यक्रममा अञ्जिला तुम्बाप्पो सुब्वा उपस्थिति नहुनुले यसपल्ट टोलीले नयाँ कप्तानीमा खेल्ने संकेत गरेको छ।

मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डे, टोली व्यवस्थापक वृन्दा देवान र हेड अफ डेलिगेसन सरिला श्रेष्ठले नेपालको झन्डा समातेका थिए। तर, यसपल्ट कप्तानको रूपमा अञ्जिला अगाडि देखिइनन्, बोलाइएन पनि। यस्तो दृश्य अघिल्ला भ्रमणमा देखिएका थिएनन्।

नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सन् २०१९ देखि नेपाली टोलीको कप्तानी जिम्मेवारी अञ्जिलाले सम्हाल्दै आएकी थिइन्। त्यसयता भएका साफ महिला च्याम्पियनसिप, वाफ महिला च्याम्पियनसिप, महिला अन्तर्राष्ट्रिय प्रतियोगिता र विभिन्न मैत्रीपूर्ण खेलमा उनले नै गोलपोस्टसँगै कप्तानी जिम्मेवारी निर्वाह गरेकी हुन्। तर, पहिलोपल्ट आधिकारिक रूपमै विदेशी प्रशिक्षकको आगामनपछि कप्तानी पनि परिवर्तन हुने सम्भावनालाई नजरअन्दाज गर्न सकिन्न।

प्याट्रिक नेपाली महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन्। त्यसैले उनी आफ्नो शैलीअनुसार नेतृत्वमा पनि केही फरक निर्णय लिन सक्ने अनुमान गरिएको छ। टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकालाई पुनः कप्तान बनाउने चर्चाले थप रोचक मोड लिएको छ। 

यदि मुख्य प्रशिक्षकले नयाँ कप्तान खोज्ने हो भने रेनुकाबाहेक सम्भावित दाबेदारमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत रहन्छन्। साम्बासँग अन्तर्राष्ट्रिय अनुभव प्रशस्तै छ। उनी सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ५८ गोल गरिसकेकी छन्।

यद्यपि, कप्तानी भूमिका भने निभाएकी छैनन्। अनिता भने घरेलु फुटबलमा सफल कप्तानका रूपमा चिनिएकी छन्। विशेषगरी विभागीय टोली एपिएफ क्लबमा।

भविष्यलाई मध्यनजर गर्दै प्रशिक्षक प्याट्रिकले युवा खेलाडीलाई पनि विश्वास गर्न सक्छन्। अञ्जना रानामगर, प्रीति राई र पूजा रानामगरले उमेर समूहको टोलीहरूमा कप्तानी गरिसकेका छन्। पछिल्लो समयको उत्कृष्ट प्रदर्शन र खेल कौशलका कारण यी नामले भविष्यको दीर्घकालीन कप्तानी सम्भावना बोकेका छन्।

नेपाल छनोटको समूह ‘एफ’ मा छ। यो समूहमा आयोजक उज्बेकिस्तान, लाओस र श्रीलंका पनि छन्। समूहको विजेतामात्र अर्को चरणमा पुग्नेछ। त्यसैले नेपालका लागि प्रत्येक खेल निर्णायक हुनेछ। नेपालले दोस्रो खेल असार १८ मा श्रीलंकासँग र तेस्रो तथा अन्तिम खेल असार २१ मा घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ।

कप्तानी जिम्मेवारीको अन्योलबीच नेपाली टोली मैदानमा उत्रन लागिपरेको छ। यसले टोलीको एकता र मनोबलमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा भने अबको प्रदर्शनले मात्र बताउनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले लाओसविरुद्ध खेल्दै 
नेपालले लाओसविरुद्ध खेल्दै 
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने
इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन
इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन
एमबाप्पेले खेल्नेमा अझै आशंका
एमबाप्पेले खेल्नेमा अझै आशंका
नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी
नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
नेपालले लाओसविरुद्ध खेल्दै 
नेपालले लाओसविरुद्ध खेल्दै 
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने
इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन
इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP