काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सातदोबाटोदेखि उज्बेकिस्तानसम्म गरेको लामो यात्रा एक प्रतियोगिता खेल्नका लागि मात्रै पाक्कै होइन। यो त सम्भावित इतिहास कोर्नका लागि हो।
टोली त्यो यात्रा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमार्फत सुरु गर्नेछ। चार दशकदेखि अस्तित्वमा रहेर पनि विश्व मञ्चमा आफैंलाई पूर्णतः प्रमाणित गर्न बाँकी छ। फाइनलसम्म पुगेका थुप्रै पलहरू छन्। एसियन कप तीनपल्ट खेलेका इतिहास पनि अझै ज्यूँको त्यूँ छ।
तर, त्यो इतिहास दोहोर्याउ पाएको छैन। उपाधिको मिठास त परकै कुरा सफलतासमेत के हो अझै अनुभव गर्नै बाँकी नै छ। तर, उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट नेपाललाई यो सबै अनुभव प्राप्त गर्ने माध्यम मात्रै होइन, सपना साकार पार्ने निर्णायक मोड पनि हुनेछ।
कप्तान अञ्जिला तुम्बापो सुब्बा यो छनोटलाई भ्रमण मात्रै होइन मिसन नै मान्छिन्। उनी भन्छिन्,‘अबको चार वर्षमा के हुन्छ थाहा छैन। तर, अहिलेको यो मौका खेर फाल्न हुँदैन।’ एसियनली फुटबल महासंघ (एएफसी)ले गरेको समूह विभाजनमा हेर्दा नेपाललाई इतिहास कोर्ने मौका खुला छ।
नेपाल रहेको समूह ‘एफ’ मा घरेलु टोली उज्बेकिस्तानसँगै श्रीलंका र लाओस छन्। फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा हेर्ने हो भने ५५औं स्थानमा रहेको उज्बेकिस्तान नेपालको सबैभन्दा कठिन प्रतिद्वन्द्वी हुनेछ। अन्य टोलीको विगत हेर्दा नेपाल अल्मलिनुपर्ने अवस्था छैन। तर, घरेलु टोलीले इतिहास गर्विलो छ। यो टोलीले सन् १९९५, १९९७, १९९९, २००१ र २००३ मा गरी पाँच पटक एसियन कप खेलिसकेको छ। तर, १०० औं स्थानमा रहेको नेपाल पनि कमको भने छैन।
नेपालले सन् १९८६, १९८९ र १९९९ मा गरी तीनपल्ट यो प्रतियोगिता खेल्दै इतिहास लेखिसकेको छ। त्योमध्ये अन्तिम सहभागितामा त यी दुई टोली आमुन्नेसामुन्ने नै भएका थिए। फिलिपिन्समा भएको त्यो खेलमा नेपालले उज्बेकिस्तानलाई ६–१ को नतिजा सुम्पिएको थियो।
१६ नोभेम्बर १९९९ मा भएको समूह चरणको अन्तिम खेल हारे पनि नेपाली टोलीले एक बिर्सिनै नसक्ने इतिहास लेख्यो। त्यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। पेमा लामाले गरेको उक्त गोल नै नेपालले एसियन कपमा गरेको अन्तिम गोल रह्यो। त्यसयता नेपालले तीनपल्ट छनोट चरण खेले पनि खुड्किलो भने पार गर्न सकेको छैन।
तर, यसपल्ट नेपाली टोली जसरी पनि त्यो खुड्किलो पार गर्दै एसियन कपको दैलो खोल्ने लक्ष्यमा छ। नेपाललाई वाफ महिला च्याम्पियनसिप, फोर नेसन्स कप र साफ महिला च्याम्पियनसिपमा ‘ब्याट टू ब्याक’ फाइनल पुर्याउँदै इतिहास लेखिसकेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको स्थानमा बेल्जियमका प्याट्रिक डे विल्डेको आगामन भइसकेको छ।
उनको आगमनपछि धेरै पक्षमा सुधार आएको कारण प्रतियोगितामा शत प्रतिशत जित निकाल्नेमा अञ्जिला ढुक्क देखिन्छन्। नेपालले यो प्रतियोगिताअघि थाइल्यान्डसँग दुई खेल खेलेको थियो। विश्व वरीयतामा ४७औं स्थानमा रहेको थाइल्यान्डमाथि नेपालले जुझारु प्रदर्शन गर्यो। तर, दुवै खेलमा पराजित हुन पुग्यो।
दुवै खेलमा गोल पनि गर्न सकेन। उक्त खेलमा टोली सावित्रा भण्डारीमाथि अत्यधिक निर्भर थियो। अहिले पनि त्यो निर्भरता हटेको छैन। हटोस् पनि किन? आखिर उनी नेपालको जर्सीमा सर्वाधिक गोल गर्ने गोलकर्ता हुन्। सायद कसैले भेटाउन नसक्ने ५८ गोलको कीर्तिमान राखिसकेका सावित्रासँगै सबै खेलाडी एकजुट भएर खेले लक्ष्य पूरा गर्न गाह्रो नहुने अञ्जिला तर्क गर्छिन्।
भन्छिन्, ‘सावित्रामाथि सबैको भरोसा छ। उनी स्टार खेलाडी हुन्। एकजुट भएर खेले जित निकाल्न खासै समस्या हुनेछैन।’ नेपाली टोलीमा पछिल्लो समय अन्तर्राष्ट्रिय क्लबको अनुभव बटुलेका धेरै खेलाडी छन्।
सावित्राले फ्रान्सको शीर्ष डिभिजन खेल्दै आएकी छन्। अञ्जिला आफैंले ग्रिसको लिगको अनुभव समेटिन्। स्ट्राइकर रेखा पौडेले युएईको लिग खेलर टोलीमा फर्किएकी हुन्। केही खेल मात्रै भए पनि सही डिफेन्डर पूजा रानासँग भुटानी लिगको अनुभव छ।
तर, सावित्राको मनमा केही डर यथावत् छ। उनी उज्बेकिस्तान मात्रै होइन, लाओस र श्रीलंका पनि सहज प्रतिद्वन्द्वी नहुने तर्क गर्छिन्। त्यसैले यो छनोट विश्वकपभन्दा कम नरहेको उनको भनाइ छ। ‘यो छनोटका लागि हामी सकारात्मक छौं। तर, सहज छैन। यो विश्वकपजस्तै हो,’ उनले नेपाल छाड्नुअघि भनिनन्।
नेपालले आफ्नो छनोट यात्रा जुन २९ मा लाओसविरुद्ध खेल्दै सुरु गर्नेछ। त्यसपछि जुलाई २ मा श्रीलंका र जुलाई ५ मा आयोजक उज्बेकिस्तानसँग भिड्नेछ। समूहको शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ।
त्यति मात्रै होइन, फिफा विश्वकपको पहिलो चरणको ढोका पनि खोल्नेछ। यदि यो खेलमा कमजोर प्रदर्शन गरे आगामी ओलम्पिक, एसियन कप र विश्वकपसम्मको ढोका बन्द हुनेछ। त्यसैले टोली सतर्क हुन जरुरी छ।