काठमाडौं । प्रोफेसनल गल्फर दिपक आचार्यको टिमले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गतको प्रो-एम टिम उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शुक्रबार कुल १६६ अंक जोड्दै दिपकको टिमले उपाधि जितेको हो । दिपकको टिममा दिपकसंगै एमेच्योर खेलाडी सद्भाव आचार्य, हृदेश कुमार सिंह र कल्साङ शेर्पा रहेका थिए ।
सचिन भट्टराईको टिमले १४९ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । उनको टिममा काश्मिरा शाह, टेण्डी शेर्पा र रविन्द्र रिवारी रहेका थिए ।
यस्तै टाशी घले,भरत बस्तकोटी,मदन राना र हेमन्त थापाको टिमले तेस्रो स्थान हासिल गर्यो ।
त्यस्तै काश्मिरा शाहले महिलाको व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडीको ट्रफी जितिन् । वाङचेन धोनडुपले लंगेष्ट ड्राइभको अवार्ड जित्दा तुलसी भट्टले क्लोजेस्ट टु दि पिनको अवार्ड पाए ।
विजेता, उपविजेता र तेस्रो हुनले ट्रफीसहित गिफ्ट ह्याम्पर हात पारे ।