नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि

काठमाडौं। नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२–पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ।
तीन दिने ५४–होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए। प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको छ। आइतवार सम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्छ।
पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ। आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ। नेपालको 'ए' टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भैसकेको छ। नेपाल 'बी' टिमको टुङ्गो भने आइतबार लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
व्यक्तिगत तर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन। त्यस्तै बंगलादेश तथा भुटानबाट २–२ जना खेलाडीको सहभागिता रहनेछ। नेपाली खेलाडीहरुमा कोशी र गण्डकी प्रदेशबाट ६–६ जना खेलाडी छनौट भएर दर्ता भएका छन्। अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव दिपक आचार्यले बताए।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।






-1761584666208.jpeg&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



