चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?
-1775383382132.jpeg&w=3840&q=75)
काठमाडौं। दुई टोलीका खेलाडीबीच जर्सी साटासाट हुनु सामान्य दृश्य हो। तर, खेल चलिरहेको बेला नै अर्को टोलीको जर्सी लगाउनु निकै दुर्लभ मानिन्छ।
यही काम गरेर आलोचनामा परेका छन्, म्यानचेस्टर सिटीका रायान चेर्की। शनिबार भएको एफए कप क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० ले हरायो।
उक्त खेलमा चेर्कीले एक असिस्ट गरेका थिए। खेलको ७१औं मिनेटमा प्रशिक्षक पेप ग्वार्डियोलाले उनलाई बाहिर निकाल्दै तिजानी रेनडर्सलाई मैदानमा उतारे।
चेर्कीसँगै लिभरपुलका फरवार्ड ह्युगो एकिटिके पनि मैदानबाट बाहिरिएका थिए। दुवै जना फ्रान्स राष्ट्रिय टोलीका सहकर्मी भएकाले खेलअघि नै उनीहरूबीच आत्मीय अभिवादन भएको थियो। मैदान छोडेपछि चेरकीले एकिटिकेसँग जर्सी साटे र त्यसपछि बेन्चमा बसेर सोही जर्सी लगाएका थिए।
यो दृश्यले चाँडै सिटीको कोचिङ स्टाफको ध्यानमा खिच्यो। त्यसपछि उनलाई तुरुन्तै जर्सी खोल्न भनियो। चेर्कीले हात उठाएर आफ्नो गल्ती स्वीकार्दै माफी मागे। यो घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ, जहाँ धेरै समर्थकहरूले यसलाई अपेशागत व्यवहार भन्दै आलोचना गरेका छन्—विशेषगरी खेल चलिरहँदा यस्तो काम गरेकोमा।
यता, लिभरपुल हारको सामना गरिरहेकै बेला जर्सी साटिएको भन्दै लिभरपुल समर्थकहरूले ह्युगो एकिटिकेप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
खेलमा लिभरपुलका भर्जिल भान डाइकले गरेको फाउलका कारण सिटीले पेनाल्टी पाएको थियो। यसलाई एर्लिङ हालान्डले गोलमा परिणत गरे। हालान्डले त्यसपछि ह्याट्रिक पूरा गरे भने सिटीको अर्को गोल सेमेनियोले गरेका थिए।






-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)




