ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

काठमाडौं। चेल्सीका पूर्वमिडफिल्डर ओस्कारले ३४ वर्षको उमेरमा फुटबलबाट सन्न्यास लिएका छन्। उनले मुटुसम्बन्धी समस्याका कारण सन्न्यास लिएको साओ पाउलो एफसीले शनिबार जानकारी दिएको हो।
उनले भनेका छन्,‘अब म सन्न्यास लिन्छु र साओ पाउलोलाई समर्थकका रूपमा साथ दिनेछु। म यहीँ साओ पाउलोबाट आफ्नो करिअर समाप्त गर्दैछु, एउटा यस्तो करिअर जसले मलाई विश्वका धेरै स्थानहरूमा पुर्यायो।’
ब्राजिलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी ओस्कारलाई नोभेम्बरमा मुटुसम्बन्धी जटिलताका कारण पाँच दिन अस्पतालमा भर्ना भएका थिए। विस्तृत परीक्षणपछि उनलाई ‘भासोभेगल सिन्कोप’ भन्ने भएको पुष्टि भयो। यो अचानक मुटुको धड्कन र रक्तचाप घट्दा बेहोस हुने समस्या हो।
साओ पाउलोसँग उनको सम्झौता २०२७ सम्म थियो। तर, अब उनले त्यो सम्झौता रद्द गरेका छन्। क्लबको सामाजिक सञ्जालमार्फत ओस्कारले भने,‘म साओ पाउलोका लागि अझ धेरै गर्न चाहन्थें, अझ धेरै खेल्न चाहन्थें। मसँग खेल्ने क्षमता र उमेर दुवै थियो, तर दुर्भाग्यवश यस्तो भयो।’
ओस्कारले चेल्सीसँग दुई पटक प्रिमियर लिग जितेका थिए भने साङ्घाइ पोर्ट एफसीसँग तीन पटक चाइनिज सुपर लिग जितेका थिए। उनी डिसेम्बर २०२४ मा आफ्नो बाल्यकालको क्लब साओ पाउलोमा फर्किएका थिए। त्योसँगं तीन वर्षको सम्झौता गरिएको थियो।





-1775383382132.jpeg&w=3840&q=75)
-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)




