द हिमालयन स्विङ ओपन कात्तिक १५ गते
-1761584666208.jpeg&w=3840&q=75)
काठमाडौं। रोटरी क्लब अफ हिमालयन गल्फर्सले पहिलो पटक ‘द हिमालयन स्विङ ओपन २०२५’ आयोजना गर्ने भएको छ।
आगामी कात्तिक १५ गते काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा यो प्रतियोगिता हुन लागेको हो।
क्लबका अध्यक्ष रोटेरियन दमन घलेका अनुसार यो प्रतियोगिता खेलमात्र नभई सामाजिक उद्देश्यमा केन्द्रित कार्यक्रम हो। ‘अवानी राईको सफलता व्यक्तिगत जित मात्र होइन, राष्ट्रिय प्रेरणाको स्रोत पनि हो,’ उनले भने।
यो अभियानको पहिलो अध्यायअन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानीलाई भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षणका लागि छनोट गरिएको छ। उनी अन्तर्राष्ट्रिय प्रशिक्षण पाउने पहिलो नेपाली महिला गल्फर हुन्।
‘गल्फ फर अल’ संयोजक रोटेरियन पूर्ण शाक्यले भने,‘यदि कुनै खेलमा नेपालले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भने त्यो गल्फ हो। यो खेल शक्ति होइन, रणनीति, ध्यान र सीपमा आधारित हुन्छ, जुन हाम्रो युवामा प्रशस्त छ।’









-1726842393-1761580575737.avif&w=3840&q=75)





