• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल आज
  • गृहपृष्ठ
  • खेल आज
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?
नमीन ढकाल
मंगलबार, पुस २४, २०७५ नमीन ढकाल
कसरी बन्यो मनाङ लिग च्याम्पियन ?

काठमाडौं । मनाङले कीर्तिमानी आठौँ पटक सहिद स्मारक ए डिभिजन लिगको उपधि उचाल्यो । करिब पाँच बर्ष पछि सुरु भएको घरेलु लिगमा मनाङले कीर्तिमानी आठौँ पटक लिग जितेको हो ।

लामो समय फुटबल संघभित्र अन्तर संघर्ष चलिरहदाँ त्यसको प्रत्यक्ष प्रभाव मैदान भित्र प¥यो । त्यसको असर स्वरुप लामो समय फुटबलको मेरुदण्ड मानिने लिग हुन सकेन । धेरै खेलाडी पलायन भए । खेलाडी उत्पादन ठप्प जस्तै रह्यो ।

तर एन्फामा नेतृत्व परिवर्तनसंगै सुरु भएको लिगले घरेलु फुटबललाई चलायमान बनाउने विश्वास गरिएको छ । आलोचना र विवादका बीच सुरु भएको लिगमा मनाङले गज्जवको नतिजा आत्मसाथ ग¥यो ।

टिमका मुख्य खेलाडी घाईते हुदाँ समेत मनाङले उत्कृष्ट प्रर्दशन गर्न सफल भयो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ यस पटकको लिगमा कसरी सफल भयो त ? यसका केही कारण निम्न प्रकारका रहेका छन् ।

Image may contain: 7 people, people smiling

१. फुजा तोपे :

नाईजेरियन प्रशिक्षक फुजा तोपे घरेलु फुटबलमा नयाँ नाम होईन । छिमेकी देश भारतका विभिन्न क्लबमा प्रशिक्षण गराएका फुजा यस पटक मनाङको टिममा देखिए । टचलाईनमा सुमन श्रेष्ठमा थिए, तर टिमको रणनीति फुजाले तयार बनाउथे ।

अन्तिम खेल बाहेक मनाङले लिग अवधिभर जित आत्मसाथ गरेको थियो, त्यसका मुख्य ‘आर्किटेक्चर’ फुजा थिए । उनी टिम अनुसारको रणनीति बुन्थे । त्यही अनुसारको फर्मेसनमा खेलाडी उतार्थे । नजितामा मनाङले कीर्तिमानी आठौँ पटक लिग जित्न सफल भयो ।

२. विदेशी खेलाडीको प्रभाव :

नेपालको घरेलु फुटबलमा विदेशी खेलाडीको प्रभाव निर्णायक मानिन्छ । उपाधि जित्न र रेलिगेशनबाट बच्न सबै क्लबका भरपर्दा अस्त्र भनेका विदेशी खेलाडीनै हुन् । मनाङले उपाधि रक्षा गर्ने लक्ष्य सहित केही राम्रा विदेशी खेलाडी क्लबमा ल्यायो । कमजोर मानिएको डिफेन्सलाई भारतबाट व्यवसायिक फुटबल खेल्दै आएका मोहमद असिफले ठुलै राहत दिए ।

मनाङको उपाधि यात्राका नायक, अफ्रिकन खेलाडी ओलावाले अफिज भन्दा फरक पर्दैन । उनी यस बर्षको लिगका सर्वाधिक उत्कृष्ट स्ट्राईकर हुन् । उनी कुनैपनि क्लबको डिफेन्स लाईनलाई दबाबमा राख्न सक्षम बने । जब मनाङलाई गोलको खडेरी प¥यो, अफिजले निरन्तर गोल गरे । मनाङको फरवार्ड लाईनमा देखिएका विदेशी खेलाडी एडिलआजा सोमिडेले समेत उत्कृष्ट प्रर्दशन गरे ।

Image may contain: 8 people, people smiling, people standing

३. बलियो बेन्च :

मनाङले लिगको तेस्रो चरणमै चिरप्रतिद्वन्दी क्लब थ्री स्टारसंग खेल्न पर्ने भयो । भरपर्दा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण मैदान बाहिर थिए । दोहोरो पहेलो कार्डका कारण मुख्य स्ट्राईकर ओलावाले अफिज समेत बेन्चमा थिए ।

सबैले मनाङको प्रर्दशनलाई लिएर चिन्ता व्यक्त गरेका थिए । तर जब खेल सुरु भयो, थ्री स्टारविरुद्व मनाङ हावी देखियो । अन्तिममा मनाङले नतिजा २–१ ले आफ्नो पक्षमा पा¥यो ।

बेन्चमा देखिदै आएका घरेलु फुटबलका परिचित नाम दिपक राई, डोना थापा, विमल रानाले मनाङलाई बलियो साथ दिए । बेन्च बलियो भएका कारण मनाङलाई लिगको दौरान खासै समस्या भएन । अधिकांश क्लब खेलाडीको अभावले पिरोलिरहदाँ मनाङले बेन्च समेत बलियो बनाएको थियो ।

४. आक्रमक फरवार्ड लाईन : 

घरेलु फुटबलमा राम्रा स्ट्राईकर छैनन् । राष्ट्रिय टिमका मुख्य स्ट्राईकरद्वय भरत खवास र नवयुग श्रेष्ठ विभागीय टिम आर्मीमा छन् ।
तर लिगमा मनाङले विदेशी स्ट्राईकर अनुबन्धन गरेको थियो । अफ्रिकन खेलाडी ओलावाले अफिज र एडिलाजा सोमिडे मनाङका मुख्य हतियार बने, र गतिलो प्रभाव जमाए । अफिजले लिगमा सर्वाधिक ७ गोल गरे । एडिलाजाको नाममा ४ गोल रह्यो ।

यस्तै विङ्गरमा राम्रो प्रभाव जमाएका अन्जन विष्टले ५ गोल गरे । प्रतियोगिता अवधिभर मनाङले २३ गोल गरेको थियो, जो सहभागि टिमको सर्वाधिक गोल हो । अफिज र एडिलाजाले विपक्षीको रक्षापङ्तीलाई दबाबमा मात्र राखेनन्, निरन्तर गोलको अवसर समेत सिर्जना गरे । आर्मीका प्रशिक्षक नविन न्यौपाने समेत भने, मनाङका एक फरवार्ड रोक्न कम्तिमा ३ नेपाली डिफेन्डर आवश्यक पर्छ ।

Image may contain: 11 people, people smiling, people standing and outdoor

५. क्लबको व्यवस्थापन : 

मनाङको च्याम्पियन यात्राको प्रमुख आधार क्लबको व्यवस्थापन पक्षनै हो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले लिग फुटबलमा खुलेर खर्च गर्ने गर्छ । स्टार र राम्रा खेलाडी अनुबन्धन गर्न कुनै सम्झौता नगर्ने मनाङको परम्परानै छ । जसमा क्लबको व्यवस्थापन पक्षको समेत ठुलो साथ र सहयोग छ । राष्ट्रिय टिमका सदस्यलाई मासिक करिब एक लाख रुपैयाँ तलब दिएको मनाङले विदेशी खेलाडीमा समेत राम्रो पैसा खर्च गर्छ ।

लिग भनेको लामो समयको प्रतियोगिता हो । टिमको व्यवस्थापन राम्रो हुन सकेन भने खेलको नतिजामा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । अन्तिम खेलको नतिजालाई छाडेर मनाङले लिग अवधिभर एकैनाशको प्रर्दशन गरेको थियो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुदमा कांग्रेसले गुमाएको अवसर
खेलकुदमा कांग्रेसले गुमाएको अवसर
अमेरिकासँग नेेपाल पराजित
अमेरिकासँग नेेपाल पराजित
पहिलो हाफ : नेपालको १–० को अग्रता
पहिलो हाफ : नेपालको १–० को अग्रता
यस्तो छ, फाइनल खेल्ने नेपालको टिम
यस्तो छ, फाइनल खेल्ने नेपालको टिम
पुरानै प्लेईङ सेटलाई निरन्तरता
पुरानै प्लेईङ सेटलाई निरन्तरता
कुशल पहिलो बलमै आउट !
कुशल पहिलो बलमै आउट !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP