अमेरिकासँग नेेपाल पराजित
सोमबार, १२ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले पुन: हारबाट आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमण सुरु गरेको छ। सोमबार बिहान भएको खेलमा नेपाल घरेलु टोलीसँग तीन विकेटले पराजित भएको हो।
नेपालले दिएको २८६ रनको लक्ष्य अमेरिकाले अन्तिम दुई बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो।
लिग २ मा नेपालको यो नवौं हार हो। नेपाल एक जित र एक टाइसहित तीन अंक जोड्दै सातौं स्थानमा छ। एक खेल बढी खेलेको अमेरिका सात जित र तीन हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।
नेपालका अनिलकुमार साह, आसिफ शेख र रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। रोहित शतक बनाउनबाट चार रनले चुक्दा अनिलले ५६ र आसिफले ५२ रनको योगदान दिए।











-1765077380744.webp&w=3840&q=75)




-1765035008419.webp&w=3840&q=75)