काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हाफको खेल सकिदाँ फ्रेन्ड्सले मनाङ मस्र्याङ्दी क्लबलाई बराबरीमा रोक्न सफल भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
खेलको अन्तिम समयमा मनाङका ओलावाले अफिजले गोल गरेका थिए । तर रेफ्रीले त्यसलाई अफसाईड गोलको संज्ञा दिएका थिए ।
उपाधि पक्का गरेको मनाङ शतप्रतिशत जितको कीर्तिमान कायम राख्न चाहन्छ । फ्रेन्ड्स समेत अंक तालिकामा सुधार गर्दै लिगको अन्त्य गर्न चाहन्छ ।
१२ औं चरण सकिदा मनाङले ३६ अंक जोडेको छ । लिगको पुछारबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्सको ९ अंक छ ।