काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले साविक विजेता एपीएफले विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफ र विराटनगर जित निकाल्न लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।