एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई जितका लागि १ सय ४६ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।
ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए ।
चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।
आज बैंगलोर चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
बैंगलोर १० खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बैंगलोर प्ले अफ नजिक रहेको छ ।
बैंगलोरविरुद्ध मैदान उत्रदा चेन्नई भने गर या मरको स्थितिमा रहेको छ ।
पुछारमा रहेको चेन्नईलाई प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न पनि जित्नै पर्ने दबाब रहेको छ ।
चेन्नईले ११ खेलमा ६ अंक जोडेको छ ।
यस्तै चेन्नई अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।