• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एएफसी कप : मनाङको दोस्रो प्रतिद्वन्दी चेन्नईयिन कस्तो ?
खेलपाटी संवाददाता
शुक्रबार, चैत २२, २०७५ खेलपाटी संवाददाता
एएफसी कप : मनाङको दोस्रो प्रतिद्वन्दी चेन्नईयिन कस्तो ?

काठमाडौं । एएफसी कपको दोस्रो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय सुपर लिग क्लब चेन्नईयिन एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।

यहि अप्रिल १७ तारिखमा चेन्नईयिनले घरेलु मैदानमा मनाङलाई आतिथ्यता प्रदान गर्दैछ । जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

कस्तो टोली हो चेन्नईयिन ?

भारतीय फुटबल फेडेरेसनले सुपर लिगको योजना ल्याएपछि चार बर्ष अगाडी चेन्नईयिनको स्थापना भएको हो । सन् २०१४ बाट फुटबल यात्रा सुरु गरेको चेन्नईयिनका मालिक चर्चित भारतीय बलिउड स्टार अभिषेक बच्चन, भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी र इलेभेन स्पोर्टसकी प्रबन्ध निर्देशक भिता धानी रहेकी छन् ।

चेन्नईयिन भारतीय सुपर लिगमा दुई पटक च्याम्पियन भैसकेको छ । उसले सन् २०१५ र सन् २०१७–१८ को सिजनमा सुपर लिगको उपाधि जितेको थियो । चेन्नईयिनले सन् २०१७–१८ को च्याम्पियनको हैसियतमा एएफसी कपमा सहभागीता जनाउन लागेको हो । भारतीय सुपर लिगबाट चेन्नईयिनले पहिलो पटक एएफसी कप खेल्ने मौका पाएको हो ।

भारतमा अहिले दुई लिग रहेका छन् । चेन्नईयिनले भारतीय सुपर लिगसँगै एएफसी लिग र भारतीय सुपर कप खेल्छ ।

दुई पटकको च्याम्पियन चेन्नईयिनलाई इंग्लिस फुटबलर जोन ग्रेगोरीले हेरिरहेको छन् । चेन्नईयिनले एएफसी कपको पहिलो खेलमा भारतीय आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै प्रतियोगिताको पहिलो खेलमा नेपालको प्रतिनिधित्व गरेको मनाङले भने बंगलादेशको अवहानी ढाका लिमिटेडसँग १–० ले पराजित भयो ।

यस सिजन हिरो इन्डियन सुपर लिगमा भने चेन्नईयिनले राम्रो नतिजा निकाल्न सकेको छैन । लिगमा १८ खेल सकिदाँसम्म उसको ९ अंक रहेको छ । उसले १३ खेलमा हार २ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलका छन् ।

चेन्नईयिनलाई यसपटक गोलकिपरमा करन्जित सिंह, डिफेन्डरमा ब्राजिलका खेलाडी मेलसन अल्भेस, एलि सविया, अष्ट्रेलियाका क्रिस हेर्ड जस्ता खेलाडीको साथ रहेको छ ।

यस्तै स्ट्राइकरमा भारतीय राष्ट्रिय टिमबाट खेलिसकेको जेजे लाल्पेखुलुवा, सिके भीनिथको साथमा प्यालेस्टाइनका कार्लोस सोलोम छन् ।

मुख्य खेलाडीहरु :

कार्लाेस सलोम –

स्ट्राइकर ३१ वर्षिय यी स्ट्राइकर प्यालेस्टाइनी नागरिक हुन् । चेन्नईयिनको जर्सी नम्बर ८ मा देखिने कार्लोसले १८ मध्य ११ खेल खेलेका छन् । ६५२ मिनेट मैदानमा रहेका उनले १ गोल गरेका छन्  ।

अनिरुध थापा– मिडफिल्डर सन् २०१६ को हिरो सुपर लिगमा गोवाविरुद्ध उत्कृष्ट गोल गरेपछि चर्चामा आएको नाम हो अनिरुध थापा । २१ वर्षीया उनले त्यसअघिको हिरो लिगमा कमै मौका पाउथे । तर, यस सिजन चेन्नईयिनको मिडलाइन समाल्ने सम्पुर्ण उनलाई दिइएको छ ।

चेन्नईयिनको लागि १५ नम्बरको जर्सी लगाउने थापाले यस सिजन १८ खेलमा एक एसिस्ट गरेका छन् । मध्येभागमा बल नियन्त्रण गर्ने र गोलको लागि पास निकाल्न उनी खप्पिस छन् ।

सिके भीनिथ –

स्ट्राइकर भिनीथ चेन्नईयिनको लागि यस सिजन नयाँ खेलाडीका रुपमा लोनमा आएका हुन् । यस अघि उनी एफसी गोवाबाट खेल्थे । चेन्नईयिनका लागि उनले १६ खेलमा ३ गोल गरेका छन् । हिरो सुपर लिगमा गोवा एफसीबाट उनले ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

चेन्नईयिनको टिम :

जेजे लाल्पेखुलुवा, कार्लाेस सलोम, राफेल अगुस्टो , मेलसन अल्भेस , करन्जित सिंह , ग्रेगोरी नेल्सन , धनपाल गणेश , जेरी ललरिनजुआल, अनिरुध थापा , थोइ सिंह , सिके भीनिथ, मोहमद रफी , फ्रान्सिस फर्नान्डेज, गेर्मनप्रीत सिंह, एलि सविया, जोहमिंगलियाना राल्टे, क्रिस हेर्ड , संजिवन घोष , टोदोबा सिंह , निखिल बर्नार्ड , हेण्ड्रि एन्थनी , हलिचरण नार्जेरि, सनिवसन पाण्डेयन, आइमोल रेएमसोचुन

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP