• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, मंसिर १९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'पूर्ण फिट खेलाडीलाई मात्र मौका'
खेलपाटी संवाददाता
सोमबार, मंसिर ४, २०८० खेलपाटी संवाददाता
'पूर्ण फिट खेलाडीलाई मात्र मौका'

काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपालले मंगलबार यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ ।

kamana bank
clasic tec

फिफा वरियताको १ सय ५६ औं स्थानमा रहेको यमनविरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले यमनसँग खेल्दै गर्दा अंक जोड्ने नेपालको प्रयास हुने बताएका थिए ।

‘खेलका लागि हामी तयार छौं । यसका लागि धेरै अघिदेखि तयारी गरिरहेका थियौं ।’ उनले भने, ‘अघिल्लो खेलका कमजोरीलाई यमनविरुद्ध सच्चाउनेछौं ।’

नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ । 

घरेलु मैदानमा यमनविरुद्ध उत्रदै गर्दा नेपाललाई समूहमा अंक जोड्ने राम्रो अवसर हो । तुलनात्मक रुपमा बलिया प्रतिद्धन्दी यूएई र यमन भन्दा यमनविरुद्ध नेपाललाई घरेलु मैदानमा केही सहज हुनेछ । त्यसको फाइदा घरेलु मैदानमा उठाउने योजनामा नेपाल छ ।

‘यमन बलियो टिम हो । अनुभवी प्रशिक्षकसँग रहेको छ । हामीले पनि राम्रो तयारी गरेका छौं ।’ नेपाली प्रशिक्षक एनिसले खेलअघि पत्रकार सम्मेलनमा भने ।

दशरथ रंगशालामा उत्रदै गर्दा नेपालको समस्या खेलाडीको चोटमा देखिन्छ । लाकेन लिम्बुले चोटका कारण यमनविरुद्धको खेल गुमाउने पक्का भएको छ । खेलाडीले सोमबार दशरथ रंगशालामा अभ्यास गरेका छन् । 

प्रशिक्षक एनिसले यमनविरुद्ध पूर्ण रुपमा फिट देखिएका खेलाडीलाई मात्र मौका दिने बताएका थिए । उनले प्लेइङ सेटमा पर्न खेलाडी पूर्ण रुपमा फिट हुनुपर्ने तर्क राखेका थिए ।

चोटका कारण अनन्तले यूएईविरुद्धको पहिलो लेगको खेल गुमाएका थिए । प्रशिक्षक एनिसले खेलाडीको अवस्था हेरेर उत्कृष्ट ११ खेलाडी प्लेईङ सेटमा उतार्ने बताएका थिए ।

नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो लेगमा ४–० को हार ब्यहोरेको थियो । यूएईको घरेलु मैदानमा हार ब्यहोरेर घर फर्किएको नेपालले यमनविरुद्ध दशरथ रंगशालामा भिड्न लागेको हो । 

कप्तान किरणकुमार लिम्बुले घरेलु मैदानमा खेल्न हरेक खेलाडी उत्साहीत हुने गरेको तर्क गर्दै यमनविरुद्ध जितका लागि मैदान उत्रने बताए । उनले नेपाली टिमको समर्थनका लागि रंगशाला आफ्ना प्रशंसकलाई अपिल गरे । 

दर्शकको सहजताका लागि नेपालले यमनविरुद्ध साँझ ७ बजे खेल राखेको छ । टिकट एन्फा आफैले रंगशालाबाट बेच्नेछ । टिकटको मुल्य ४ सय र १ हजार छ । 

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरणको समूह एचमा छिरेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । 

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
रियलका कार्भाजलले बोके चोट
रियलका कार्भाजलले बोके चोट
झापा र काठमाडौंले अंक बाँडे
झापा र काठमाडौंले अंक बाँडे
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
 फेवाताल किनारमा पुरुष भलिबल हुने
 फेवाताल किनारमा पुरुष भलिबल हुने
अन्तिम खेलमा भारत विजयी
अन्तिम खेलमा भारत विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP