काठमाडौं । पोर्चुगलका विंगर पेड्रो नेटोले कतारमा आयोजना हुने फिफा विश्वकप गुमाउने भएका छन् ।
इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका विंगर नेटोले एंकलमा लागेको चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।
नेटोले चोटको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनी ठिक हुन कम्तिमा १० महिना लाग्ने बताईएको छ ।
२२ वर्षीय विंगरले प्रिमियर लिग अन्तर्गत शनिबार वेस्ट ह्यामविरुद्धको खेलमा चोट बोकेका थिए ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ ।