काठमाडौं । बेलायती धनाढ्य सर जिम रेटक्लिफ प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न इच्छुक देखिएका छन्।
बेलायती धनाढ्यका प्रवक्ताले उनी युनाईटेड किन्न इच्छुक रहेको पुष्टि गरेका छन्।
'ठुलो आर्थिक शक्ति भएका अर्बपति सर जिम रेटक्लिफ क्लब किन्न चाहन्छन्,' रेटक्लिफका प्रवक्ताले टाइम्सलाई भने, 'यदि क्लब बिक्रीको लागि हो भने, जिम निश्चित रूपमा एक सम्भावित खरीददार हुन् ।'
फेल्सवर्थमा जन्मेका युनाइटेड फ्यान रेटक्लिफ ६९ वर्षका भए । सुरुमा उनी युनाइटेडमा केहि स्टेक (हिस्सेदारी) किन्न इच्छुक छन् । त्यसपछि ओल्ड ट्राफोर्डमा उनले पूर्ण नियन्त्रण लिनको लागि प्रयास गर्ने बुझिएको छ ।
'यदि यस्तो केहि सम्भव छ भने, हामी दीर्घकालीन स्वामित्वको दृष्टिकोणबाट कुरा गर्न इच्छुक हुनेछौं,' उनका प्रवक्ताले थपे, 'यो खर्च भएको वा खर्च नगरेको पैसाको बारेमा होइन। जिमले अहिले के गर्न सकिन्छ भनेर हेरिरहेका छन । यो क्लबलाई रिसेट गर्नको लागि सही समय हो जस्तो लाग्छ।'
बिहीबार ब्लुमबर्गमा प्रकाशित समाचारले युनाइटेडको सेयर मूल्य बढ्यो । वर्तमान मालिक ग्लेजरले केहि स्वामित्व बेच्ने बाटो खुला गरेका थिए भनिएको छ ।
रेटक्लिफ विश्वको चौथो ठूलो रासायनिक कम्पनी इनियोसका संस्थापक र अध्यक्ष हुन्। अप्रिल २०२० मा, ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सले उनलाई बेलायतको दोस्रो धनी व्यक्ति र विश्वको ५५ औं धनी व्यक्तिको रूपमा सूचीबद्ध गरेको थियो ।
यो हेर्न बाँकी छ कि ग्लेजर क्लब बेच्नको लागि खुला छन या छैनन, तर रेटक्लिफ केहि व्यक्तिहरू मध्ये एक हुन् जसले वास्तविक रूपमा क्लब किन्न सक्छन ।
यस अघि उनले चेल्सी खरिद गर्न पनि इच्छा देखाउदै लगानी तयार गरेका थिए । उनको स्वामित्वमा अहिले लिग वान क्लब निस फुटबल क्लब रहेको छ ।