• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
खेलपाटी संवाददाता
बिहीबार, भदौ २, २०७९ खेलपाटी संवाददाता
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  

काठमाडौं । केहि दशक यता युरोपेली शीर्ष डिभिजन लिगहरुमा प्रतिस्पर्धा झनै कडा भएको छ । गल्तिको मार्जिन कम हुँदै गएको छ । कुनै पनि टोलीलाई कमजोर हुने छुट छैन ।

सुरुआती हप्तामा, अनुमान गर्न सकिदैन कि कुन विशेष टोलीले राम्रो प्रदर्शन गर्नेछ वा कुन टोली स्थिरताको अभावमा पीडित हुनेछ । ट्रान्सफर, प्रि-सिजन, अपेक्षा र समग्र प्रदर्शन ।

यी सबै कुराको उत्तर पहिलो किक-अफ पछि मात्र भेटिन्छ । केही टोली आश्चर्यजनक रूपमा यस सिजन आफ्नो नियमित लय फेला पार्न संघर्ष गरिरहेका छन् । के उनीहरूले यो सिजनमा पाएको खराब सुरुआतको प्रभाव अन्तिमसम्म रहला ?

यस सिजन संघर्ष गर्नुपर्ने शीर्ष पाँच क्लबको बारेमा यहाँ चर्चा गरिंदैछ ।

५. लेस्टर सिटी

यस  सिजन चोट(फिटनेस) फक्सको लागि ठुलो चुनौती हुने देखिएको छ । अनि अर्को चुनौती भनेको रकम अभाव । अघिल्लो सिजन अन्तिम आठौं स्थानमा रहदै अभियान सकेको लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले फ्यानहरूलाई टोलीको अर्को सिजन खुशी दिने वाचा गरे।

Leicester City fans baffled after 'disastrous evening' in top four race -  Leicestershire Live

यद्यपि, लेस्टर सिटी शीर्ष पाँच युरोपेली लिगमा सबैभन्दा लामो समयसम्म कुनै आउटफिल्ड थप्न नसकेको एक मात्र टोलि बनेको छ । यसको मतलब अहिले सम्म उसले कुनै खेलाडी किन्न सकेको छैन । क्लबका कप्तान कास्पर स्माइकलको प्रस्थानले त फक्सको गुणस्तर झन् घट्यो । वेस्ली फोफाना र युरी टिएलेमन्स जस्ता खेलाडीहरू पनि क्लब छाड्ने कगारमा छन्।

धेरै ट्रान्सफर पहिले नै हातबाट गइसकेपछि, फक्सले त्यो पैसा पर्याप्त प्रतिस्थापनमा लगानी गर्ने सम्भावना छैन । उनीहरुको पहिले नै कमजोर डिफेन्स रेकर्ड थियो । अहिले दुई खेलमा छ गोल बेहोर्दा झनै समस्या देखिएको छ।

४. बायर लेभरकुसेन

सिजनको लज्जास्पद सुरुवातले बायर लेभरकुसेन चिन्तित छ । अझै उसले सामना गर्नुपर्ने संघर्षको भविष्यवाणी भैसकेको छ । बुन्डेसलिगामा लगातार दुई पराजय बेहोरेपछि लेभरकुसेन तालिकाको पुछारमा छ । अब, जेरार्डो सिओनलाई कुनै न कुनै तरिकाले सिजनलाई बचाउने जिम्मेवारी दिइएको छ, ठुलो आशाका साथ । केही खेलाडीले चोट बोकेका छन् ।

Bayer Leverkusen through to DFB Cup semi-finals after fighting back to beat  10-man Union Berlin | Bundesliga

लेभरकुसेनले हालैका सिजनमा सबैभन्दा मूल्यवान खेलाडी बेचेको छ । फ्लोरियन विर्ट्ज, मोसा डायबी र प्याट्रिक सिक जस्ता खेलाडीले यो सिजन ठुलो परिवर्तन देखाउनु आवश्यक छ ।

३. नापोली

ग्ली अज्ज़ुर्रीको लागि गत सिजन उल्लेखनीय सिजन रहेको थियो। जसले महिनौंसम्म सिरी ए उपाधिका दावेदारलाई चुनौती दियो ।

यद्यपि, नापोलीको लागि गत वर्षको जस्तै प्रदर्शन गर्न साँच्चै गाह्रो हुनेछ। किनकि तेस्रो स्थानमा लिग समाप्त गर्नु एक चुनौतीपूर्ण कार्य हो जसले धेरै गुणस्तरको माग गर्दछ ।

जबकी लुसियानो स्पालेट्टीले ट्रान्सफर विन्डोको समयमा तीन महत्त्वपूर्ण खेलाडीहरू गुमाएका छन । जसमा क्लब कप्तान लोरेन्जो इन्सिग्ने, कालिडो कोउलिबाली र ड्राइस मर्टेन्स समावेश छन् । उनीहरूको कमी  र निरन्तर प्रदर्शनको थकानले चाँडै नै नापोलीले संघर्ष देख्नेछ । अर्को तिर युभेन्टस, रोमा, इन्टर र एसी मिलान जस्ता अन्य टोलीहरूले आफ्नो टोलीलाई बलियो बनाएका छन् ।

Gattuso to meet Osimhen after Napoli striker apologises for attending Lagos  party | Goal.com

२. लिभरपुल

लिभरपुलको नाम यो सूचीमा देखेर धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यो साँचो हो नतिजा प्राप्त गर्ने प्रयास जर्गेन क्लोपको टोलिका लागि प्रभावकारी हुन सकेको छैन ।

रेड्ससँग कागजमा गुणस्तरीय टोलि छ, तर उनीहरूले खेलको क्रममा मैदानमा संघर्ष गरेका छन् । केही नयाँ अनुहारहरू टोलीमा सामेल भएसँगै, लामो समयदेखि क्लबमा रहेका खेलाडीको यस वर्ष भूमिका केहि फरक हुनेछ ।

Liverpool truly collapsing, Man City set to take over Premier League title  race? Introducing the Panic Index

लगातार चोटका कारण मिडफिल्डमा केही संकट उत्पन्न हुने सम्भावना बढेको छ । गत सिजन सुरुवात बाटै असाधारण रहेका मोहम्मद सलाहको योगदानमा यो सिजन केहि कमी देखिएको छ । यसका महत्वपूर्ण कारण छन । मुख्य कारण भनेको साडियो माने जस्ता शक्तिशाली र मेहनती खेलाडीको साथ उनले गुमाएका छन् । जसले २३ गोल गरे र पाँच असिस्ट प्रदान गरेका थिए । लिभरपुल दुई खेलमा दुई बराबरी हासिल गरेपछि १२ औं स्थानमा उभिएको छ ।

सामान्यतया उसलाई पहिलो या दोस्रो स्थानमा देखिन्थ्यो । युर्गेन क्लोपसँग चीजहरू घुमाउने विशेषता छ । तर अवस्था धेरै चाँडै खराब बन्न सक्छ ।

१. म्यानचेस्टर युनाइटेड

के भन्नु खै ! एरिक टेन ह्यागले १९९२ यता कुनै पनि सिजनको सबैभन्दा खराब सुरुआत गरेको कारणले पहिले नै शंकाको सामना गरिसकेका छन् ।

नयाँ प्रशिक्षकले ओल्ड ट्राफोर्डमा आफ्नो कौशल प्रदर्शन गर्न संघर्ष गरेका छन् । जसको परिणामस्वरूप कमजोर प्रदर्शन भएको छ तर उनीप्रति केहि सहानुभूति भने छ ।

पहिलो दुई खेलपछि यो स्पष्ट छ कि, सिजन अगाडि बढ्दै जाँदा टोलिले यस्ता पीडाहरु प्रायः पाइरहनेछ । नयाँ सिजनको पहिलो दुई खेलमा देखिने जोश खेलाडीमा थिएन । चोटलाई थप बल्झ्याउने काम मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोलाई लिएर भैरहेको छ । अझै पनि रोनाल्डो अनिश्चित छन् । क्लब छोड्ने वा आफ्नो परिचय भन्दा तल बसेर खेल्ने । समर्थक ओल्ड ट्राफोर्डमा पर्दा पछाडिका धेरै समस्याहरुको परिणाम अहिलेको नतिजा भएको मान्छन ।

Man United becomes a farce amid Musk tweet, transfer desperation - Sports  Illustrated

क्लब मालिक ग्लेजर परिवारले क्लबलाई रणनीति हेर्नको लागि फुटबल निर्देशक दिएका छैनन । यसरी, एक कम्जोर ट्रान्सफर रणनीति र लापरबाहीले गर्दा म्यानचेस्टर युनाइटेडको लागि डरलाग्दो युगको निरन्तरता भैरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP