काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले फरवार्ड सेबास्टियन हलरलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले डच क्लब आयाक्सबाट फरवार्ड सेबास्टियनलाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् ।
तर, डर्टमण्डले उनको सम्झौताबारे औपचारिक रुपमा केहि बताएको छैन ।
२८ वर्षीय फरवार्डको मेडिकल बिहीबार भईसकेको छ ।