काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।
लिभरपुल र रियल उपाधिका लागि मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित छ ।
यस्तोमा दुई टोलीबीचका अघिल्ला भेटको तथ्यांक कस्तो थियो ? दुई टोलीबीचको खेललाई तथ्यांकले के भन्छ ?
१. युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन ।
२. यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।
३. च्याम्पियन्स लिगको फाइलनमा यी दुई टिमको भेट भने यो तेस्रो पल्ट हो । त्यसमध्ये सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी रहेको थियो भने सन् २०१७–२०१८ मा रियल ३–१ ले ।
४. रियलले कीर्तिमान १३ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको छ, सन् १९५६, १९५७, १९५८, १९५९, १९६०, १९६६, १९९८, २०००, २००२, २०१४, २०१६, २०१७ र २०१८ । रियल पछिल्ला सात फाइनलमा विजयी रहेको छ ।
५. लिभरपुल छ पल्ट युरोपेली विजेता बनेको छ, सन् १९७७, १९७८, १९८१, १९८४, २००५ र २०१९ ।
६. लगातार दोस्रो सिजन इंग्लिस क्लबले च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । त्यस अगाडि गत वर्षको फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएको थियो ।
७. प्रतियोगितामा नाम युरोपेली च्याम्पियन्स लिग भएयता रियलले फाइनल पुगेपछि हारको सामना गर्नु परेको छैन् । रियल यसैक्रममा आठौं पल्ट फाइनल खेल्दैछ ।
८. रियलका कार्लो एन्सेलोटी पाँचौं पल्ट च्याम्पियन लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् । त्यसमध्ये चारमा उनको टिम विजयी रहेकोछ । रियलकै जिनेदिन जिदान र लिभरपुलका बब पेसलीको नाममा तीन तीन जितको कीर्तिमान छ ।
९. रियल विजयी रहे, एन्सेलोटी दुई फरक क्लबका च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक हुनेछन् । त्यस अगाडि उनले एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितिसकेका छन् ।
–रोयटर्सको सहयोगमा ।