काठमाडौं । इंग्लिस क्लब टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे आगामी सिजन क्लबमै रहने भएका छन् ।
कोन्टेले यस सिजन प्रिमियर लिगको शीर्ष चारमा पुर्याउदै टोटेनहमलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।
यद्दपी कोन्टे टोटेनहममा रहनेमा शंका थियो । तर, टोटेनहमले कोन्टेको मागलाई पूरा गर्ने बताएपछि उनी क्लबमै रहने भएका हुन् ।
कोन्टेले शुक्रबार फुटबल निर्देशक फाबियोलाई भेटेका थिए । र, कोन्टेले क्लबप्रतिको प्रतिबद्दता ब्यक्त गरेका थिए ।
नुनो सान्टेलाई बर्खास्त गर्दै टोटेनहमले गत सिजन कोन्टेलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
टोटेनहमसँग कोन्टेले २०२३ सम्मको सझौता गरेका थिए ।
५२ वर्षिय इटालियन प्रशिक्षक कोन्टेले चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै इन्टर मिलानलाई सिरी एको उपाधि दिलाएका थिए ।