एजेन्सी । अल्भारो मोराटा प्रेरित युभेन्ट्सले च्याम्पियन्स लिगमा माल्मोलाई हराएको छ ।
मंगलबार राति सिरि ए क्लब युभेन्ट्सले स्विडेनको माल्मोलाई ३–० ले हराएको हो ।
युभेन्ट्सले खेलमा अग्रता लोबी सिल्भाको गोलमा २३ औं मिनेटमा लिएको थियो ।
पाहुना टोलीका लागि पाउलो ड्याबालाले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
मोराटालाई लासे निल्सनले डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाएका थिए ।
दोस्रो हाफको सोही नजिता कायम रहदा युभेन्ट्स ३–० ले विजयी बनेको हो ।
मोराटाले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा १४ गोल पुरा गरे । र क्रिस्टियानो रोनाल्डोको गोल संख्या बराबरी गरे ।
समुह एचमा रहेको युभेन्ट्सले नयाँ सिजनको शानदार सुरुवात गरेको छ ।
सिरि ए क्लबले सन् १९९६ देखि च्याम्पियन्स लिगको उपाधि उचाल्न पाएको छैन ।