काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं र चितवनबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
काठमाडौं प्ले फा पुगिसकेको टिम हो । चितवन बाहिरिसकेको छ ।
त्यसैले यस खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।
तर, काठमाडौं आज जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ ।
काठमाडौं ५ खेलमा १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चितवनसँग जित वा बराबरी खेलेको अवस्थामा काठमाडौं शीर्ष स्थानमा रहनेछ ।
चितवन भने ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
चितवन अन्तिम खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।