एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका एक समर्थक पक्राउ परेका छन् ।
युनाईटेडको मैदानमा ओल्ड ट्राफोर्ड आइतबार भएको आन्दोलनमा सामेल भएका मध्ये समर्थक पक्राउ परेका हुन् ।
ग्रेटर म्यानचेस्टर पुलिसले एक समर्थक पक्राउ परेको पुष्टि गरेका छन् । यस्तै प्रहरीले उक्त आन्दोलनमा ६ प्रहरीहरु घाइते भएको जनाएको छ ।
प्रिमियर लिग अन्तर्गत लिभरपुलसँगको खेलअघि युनाईटेडका समर्थकहरु ओल्ड ट्राफोर्ड पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए ।
जसको कारण युनाईटेड र लिभरपुलबीचको खेल स्थगित गरिएको थियो ।
समर्थकहरु मैदान पसेर कोरोना भाईरसको प्रोटोकल उलंघन भएपछि खेल स्थगित गरिएको हो ।
समर्थकहरुले ओल्ड ट्राफोर्ड पुगेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए ।
त्यसअघि समर्थकहरु खेलाडी बसेको होटल अगाडी समेत नाराबाजी गरेका थिए ।
युरोपियन सुपर लिग नामको नयाँ प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेपछि समर्थकहरु आन्दोलित हुँदै आएका छन् ।
तर, युनाईटेडले सुपर लिगबाट नाम फिर्ता लिईसकेको छ ।