एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक जाभी ग्रासियालाई बर्खास्त गरेको छ ।
भ्यालेन्सियाले सोमबार स्पेनिस प्रशिक्षक ग्रासियालाई बर्खास्त गरेको हो ।
मालागा तथा वाट्फोर्डका पूर्व प्रशिक्षक समेत रहेका ग्रासिया १० महिनामै बर्खास्तमा परेका हुन् ।
ग्रासियाले भ्यालेन्सियासँग दुई वर्षे सम्झौता गरेका थिए ।
क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि भ्यालेन्सियाले ग्रासियालाई बर्खास्त गरेको हो ।
अल्बर्ट सेलाडेसलाई बर्खास्त गर्दै भ्यालेन्सियाले गत जुनमा ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
यस सिजन भ्यालेन्सिया लिगको १४ औं स्थानमा रहेको छ ।